प्रदेश– १ सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश «

प्रदेश– १ सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश


प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरेका हुन् । आचार्यले आफूमाथि विश्वासको मत छ भन्ने स्पष्ट पार्न संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मतको प्रस्ताव पेश गरेको जानकारी दिए । मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव पेश गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले संसद बैठक कात्तिक ७ गते आइतबारसम्मका लागि स्थगित भएको जानकारी संसदमा गरे ।
सभामुख भण्डारीले मुख्यमन्त्रीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजनमार्फत टुंगो लगाउन आइतबार साढे १२ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । प्रदेश–१ को प्रदेशसभाका कुल ९२ जना सांसदमध्ये सत्तारुढ दल नेकपा एमालेका ४१ जना मात्रै सांसद छन् । नेपाली कांग्रेस, नेकपा एस, माओवादी केन्द्रलगायतको ५ दलीय विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद छन् । प्रदेश–१ मा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ । हालकै परिस्थितिमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने अवस्था देखिँंदैन ।

प्रतिक्रिया दिनुहोस्