जुवा खेलिरहेका २२ जना पक्राउः वडा अध्यक्षलाई छोड्दा व्यापक विरोध «

जुवा खेलिरहेका २२ जना पक्राउः वडा अध्यक्षलाई छोड्दा व्यापक विरोध

कोजाग्रत पूर्णिमाका दिन जुवा खेलिरहेको अवस्थामा प्रहरीले ठूलो सफलता हात पारेको छ । जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका २२ जनामध्ये वडा अध्यक्षलाई बाहिर छोडिएको छ । नेपाली कांग्रेसबाट अमरगढी नगरपालिका–६ मा निर्वाचित वडा अध्यक्ष गोबिन्दराज भट्टलाई प्रहरीले पक्राउ गरेकै राति बाहिर छोडेको थियो । अन्य २१ जनाभने प्रहरीले थुनामै राखेको छ ।
वडा अध्यक्षसँगै बुधबार राति प्रहरीले अमरगढी नगरपालिका–८ कीर्तिपुर बजार छेउको एक घरबाट २२ जनालाई पक्राउ गरेको थियो । स्थानीय पदम ओझाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडा अध्यक्ष भट्टसँगै पक्राउ पर्नेमा इन्द्रबहादुर थापा, गगन सिंह ढाँट, बिक्रम ओझा, घनश्याम गिरी, उमेश भट्ट, भिमबहादुर महर, नरेन्द्र ओली, यज्ञराजअवस्थी, डम्बर ओझा, सुरेश साउद, महेश जोशी, ईश्वर भट्ट, वीरबहादुर साँकी, भीम ऐर, लोकराज अवस्थी, नरेन्द्र महरा, राजेन्द्रप्रशाद पाठक, राजेन्द्र ओझा, दानओली, केशव कँुवर र राम खड्का रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई सात दिनमो म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । वडाअध्यक्ष भट्टका दाइको वार्षिकी भएका कारण बाहिर छोडिएको उनले बताए । उनीसँगै एक जना अरु बिरामी परेकाले उनलाई पनि छोडिएको उनले बताएका छन । तर, स्थानीयले कांग्रेसका नेताभएकै कारण दबाबमा आई प्रहरीले छोडेको आरोप लगाएको छ । कानुन तह कसैलाई बाहिर छोड्न नमिल्ने भन्दै स्थानीयहरूले प्रहरीको व्यापक विरोध गरिरहेका छन् ।
थुनामा रहेकाहरूले प्रहरीले आफूहरूमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन । १५ जनालाई एकै कोठाभित्र निसासिने गरी थुनेको उनको आरोप छ । पैसा दिएर मास्क माग्दा उल्टै प्रहरीले गाली गर्ने गरेको उनीहरूको आरोप छ । वडा अध्यक्षलाई बाहिर छोडी आफूहरूलाई थुनामा राख्नु प्रहरीको कमजोहरी भएको समेत उनीहरूको आरोप छ ।
जुवा खेलिरहेकाहरूका साथबाट प्रहरीले नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक ताससहित पक्राउ परेको थियो । तर, जुवा खेलीरहेकाहरूसँग १० लाख बढी रकम भए पनि प्रहरीको मिलेमतोमा रकमसमेत तलमाथीगरिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्