दलीय सहमतिबिना एमसीसी पारित हुँदैन : खड्का «

दलीय सहमतिबिना एमसीसी पारित हुँदैन : खड्का

मोरङ,६ कात्तिक(रासस):परराष्ट्र मन्त्री डा नारायण खडका शनिबार विराटनगर आउँदा विमानस्थलमा कार्यकर्ताहरुद्वरा स्वागत गर्दै । तस्बिरःमनोज दाहाल–रासस


परराष्ट्रमन्त्री डा नारायण खड्काले दलीय सहमति नभए मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग शनिबार कुराकानी गर्दै मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकोले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताएका हुन् । “हामी सहमतिको प्रयासमा छौं,” उनले भने, “दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरुबीच सहमति कायम गरेर अघि बढ्नेमा कुनै आशंका नरहेको भन्दै उनले सरकारले सबै काम सहमतिका आधारमा गर्ने बताए । उनले गठबन्धन दलहरुबीचकै सहमतिमा प्रदेश सरकारको नेतृत्वको विषयमा पार्टीले निर्णय लिने जानकारी दिए । सरकारले प्रदेश सरकार गठनलगायतका विषयमा प्याकेजमा सहमति गरेर कामलाई अघि बढाउने भन्दै अहिलेसम्म प्रदेश सरकारको नेतृत्वको विषयमा अन्तिम टुंगो नलागिसकेको टिप्पणी गरे । उनले प्रदेश १ सरकारको नेतृत्व अझैपनि कांग्रेसले गर्ने सम्भावना जीवित रहेको टिप्पणी गरेका छन् । गठबन्धन दलहरुबीच सन्तुलन मिलाउनुपर्ने भएकोले नेपाली कांग्रेस लचिलो भएर प्रस्तुत हुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्