खानेपानीमन्त्री र फिनल्यान्ड राजदूतबीच भेटवार्ता «

खानेपानीमन्त्री र फिनल्यान्ड राजदूतबीच भेटवार्ता

खानेपानीमन्त्री बिना मगर र नेपालका लागि फिनल्यान्डका राजदूत पेर्ती आन्तिनेनबीच मंगलबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा राजदूत आन्तिनेनले नेपालका विभिन्न ग्रामीण भेगमा भइरहेको खानेपानी समस्यालाई समाधान गर्न फिनल्यान्ड सरकारले सहयोग गर्ने बताए । घण्टौंसम्म हिंडेर पानी लिन जानुपर्ने ग्रामीण क्षेत्रको समस्यालाई समाधान गर्न फिनल्यान्ड सरकार तयार रहेको राजदूत आन्तिनेनले बताए ।
ग्रामीण भेगमा खानेपानीको व्यवस्था मिलाउन फिनल्यान्ड सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको राजदूतको भनाइ छ । भेटमा मन्त्री मगरले फिनल्यान्ड सरकारले देखाएको सहयोगको प्रतिबद्धता ग्रामीण भेगका जनताका लागि महत्वपूर्ण हुने बताइन् । “ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पु¥याउने सरकारको योजनालाई पूरा गर्न फिनल्यान्ड सरकारले गरेको सहयोगको प्रतिबद्धताको प्रशंसा गर्न चाहन्छु,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्