विप्रेषण सदुपयोगका केही उपाय «

विप्रेषण सदुपयोगका केही उपाय

कुल गार्हस्थ्य उत्पादनको अनुपातमा विप्रेषणको हिस्सा धेरै हुने देशमा नेपाल विश्वको तेस्रो स्थानमा छ । हाल यसले यहाँको अर्थतन्त्रमा झन्डै ३० प्रतिशत योगदान दिइरहेको छ ।
विप्रेषणले नेपालमा गरिबी घटाउने, साक्षरता दर बढाउने, आधारभूत आवश्यकता परिपूर्ति गर्ने, कृषि, व्यापार, पर्यटन, ऊर्जा, विकासका पूर्वाधार निर्माणजस्ता क्षेत्रमा महŒवपूर्ण भूमिका खेल्दै आएको छ । योबाहेक माओवादी सशस्त्र द्वन्द्वको बेलामा, नाकाबन्दी, भूकम्प आदि सङ्कटको बेलामा पनि यहाँको अर्थतन्त्र चलायमान बनाउन यसले निकै सघाउ पु¥यायो ।
साधारणतः नेपालबाट वैदेशिक रोजगारीमा जाने युवा जनशक्तिमध्ये ७५.५ प्रतिशत रहेको तथ्याङ्क छ । यो जनशक्तिलाई विभिन्न सीप सिकाएर वैदेशिक रोजगारीमा पठाउने हो भने भविष्यमा आजभन्दा धेरै फाइदा लिन सकिन्छ ।
हालसम्म पनि यहाँ प्रत्येक वर्ष भित्रिने विप्रेषणको ठूलो अंश उत्पादनमूलक क्षेत्रमा लगानी नभई घरायसी उपभोगमा खर्च भएको छ । त्यसैले यहाँको कुल उत्पादन घटेर व्यापार सन्तुलनमा नकारात्मक असर पर्नुका साथै सम्बन्धित परिवारहरूको जीवनस्तर पनि माथि उठ्न सकेको छैन । तसर्थ आगामी दिनहरूमा यहाँ भित्रिने विप्रेषणको यथासम्भव सदुपयोग गर्न जरुरी छ ।
विप्रेषणलाई सदुपयोग गर्न यहाँ धेरै जलविद्युत् आयोजनाहरूमा लगानी गर्न सकिन्छ । यसका लागि सरकारले मध्यम स्तरका जलविद्युत् आयोजना निर्माण गर्ने र विप्रेषणबाट प्राप्त रकम लगानी गर्नेलाई निश्चित प्रतिशत लाभांश दिने योजना बनाउन सक्छ । यसो गर्न सके प्रचुर मात्रामा जलविद्युत् उत्पादन गर्न सकिन्छ । फलतः यहाँको समस्या सधैंका लागि समाप्त हुनेछ र यहाँ उद्योगधन्दाहरू नियमित रूपमा सञ्चालन गर्न सहज हुनेछ । योबाहेक विदेशी वस्तुहरूको आयातमा कमी हुनेछ र बढी भएको बिजुली अन्य देशहरूमा बेची विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
विप्रेषण सदुपयोग गर्ने अर्को महŒवपूर्ण क्षेत्र भनेको कृषि हो । नेपाल एक कृषिप्रधान देश भए पनि यहाँ प्रत्येक वर्ष अर्बौं रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल आयात गरिन्छ । यहाँ प्रत्येक वर्ष प्राप्त हुने विपे्रषणको रकम व्यावसायिक कृषिमा लगानी गर्ने हो भने एकातिर व्यापार घाटा कम हुन्छ भने अर्कातिर यहाँ बेलाबेलामा विभिन्न किसिमका अवरोधका कारण ताजा तरकारी उपभोग गर्न नपाउने अवस्थाको अन्त्य हुनेछ ।
कृषिप्रधान देश नेपालका लागि पशुपालनले महŒवपूर्ण भूमिका खेल्छ । किनभने यसबाट एकातिर प्रोटिनयुक्त मासु, दूध, दही, मोही आदि प्राप्त गर्न सकिन्छ भने अर्कातिर गाईवस्तुको मलमूत्रको प्रयोजनबाट कृषि उत्पादन बढाउन सकिन्छ । त्यसैले प्रत्येक वर्ष विप्रेषणबाट यहाँ आउने रकम उक्त व्यवसायमा लगानी गरेमा सदुपयोग हुनेछ ।
हालसम्म विदेशमा रोजगारीका लागि गएका धेरैजसो युवाहरू कृषिक्षेत्रमा काम गरिरहेका छन् । स्वदेशमा स्वस्थ लगानीको वातावरण सिर्जना गर्ने हो भने उनीहरू यहाँ फर्केर विदेशमा सिकेका सीप र आफूसँग ल्याएका सञ्चित रकम दुवै प्रयोग गरी आफू र आफ्नो देशको हित हुने काम गर्न सक्छन् ।
नेपालबाट वैदेशिक रोजगारीमा गएका कतिपय युवाहरूमा रेस्टुराँ व्यवसायसम्बन्धी ज्ञान भएकाले उनीहरूले विदेशमा सिकेको सीपलाई यहाँ उपभोग गर्न सके कोरोनाले शिथिल पारेको पर्यटन र होटल व्यवसायलाई राहत मिल्नेछ र यहाँको कुल गार्हस्थ्य उत्पादनमा समेत केही योगदान पुग्नेछ । यथार्थतः लगानीबिना कुनै पनि देशको कुनै पनि क्षेत्रको विकास गर्न सकिँदैन । यहाँ लगानी वृद्धि गर्ने हो भने विप्रेषणबाट आएको रकम लगानी गर्ने इच्छुक व्यक्तिहरूलाई सरकारले निश्चित अवधिका लागि कर छुट गर्न सक्छ । योबाहेक वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड जस्तै अर्को निकाय गठन गरी उक्त निकायले उत्पादनमूलक क्षेत्रमा लगानी गरिदिने र नाफाको प्रतिशत सुनिश्चित गर्न सहयोगको भूमिका खेल्न सकेमा विप्रेषणको धेरै सदुपयोग हुनेछ र देश विकासमा योगदान पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्