जलविद्युत् आयोजनामा बम विष्फोटको भत्र्सना «

जलविद्युत् आयोजनामा बम विष्फोटको भत्र्सना

भारतीय लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा भएको बम आक्रमणप्रति स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले भत्र्सना गरेको छ । भारतीय लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा भएको बम आक्रमणप्रति स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले भत्र्सना गरेको छ । जलविद्युत् आयोजनामा हुने आक्रमणका घटनाले नेपालको जलविद्युत् क्षेत्रमा नकारात्मक रूपमा असर पर्ने बताउँदै इपानले सोमबार विज्ञप्ति जारी गरेर भत्र्सना गरेको हो । खुला प्रतिस्पर्धामार्फत अनुमतिपत्र (लाइसेन्स) लिएको भारतीय सतलज कम्पनीले निर्माण गरेको आयोजनास्थलमा बिहीबार र अज्ञात समूहले बम विस्फोट गराएको थियो । विद्युत्गृह र चौंथो अडिटमा भएको बम विष्फोटबाट आयोजनाको डिजी सेट र बुमरमा क्षति भएको थियो । निश्चित समय पश्चात् जलविद्युत् आयोजना नेपाल सरकारमा स्वतः हस्तान्तरण हुने र जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्ले हाम्रो अर्थतन्त्रमा प्रत्यक्ष रूपमा टेवा पु¥याउने हुनाले यस्ता आयोजनाको लगानीको सुनिश्चतताका लागि सरकारबाट आवश्यक संयन्त्रको टड्कारो आवश्यकता रहेको बताउँदै विज्ञप्तिमा तत्काल यस घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कारबाहीका लागि माग गरिएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत् आयोजनामा हुने यस्ता कार्य निरुत्साहित गरी सुरक्षाको प्रत्याभूतिका लागि समेत जोडदार माग गर्दै विज्ञप्तिमा यस्ता घटनाले स्वदेशी तथा विदेशी लगानीलाई निरुत्साहित बनाउने उल्लेख गरिएको छ । “विगतमा पनि जलविद्युत् आयोजनालाई लक्षित गरी यस्ता थुप्रै घटना घटिसकेका र हालसम्म पनि यस्ता घटनालाई निरुत्साहित गर्ने कुनै पनि संयन्त्र निर्माण नभएको सर्वविदितै छ,” विज्ञप्तिमा भनिएको छ, “यस्ता कार्यले ऊर्जा क्षेत्रमा नकारात्मक प्रभाव पर्ने र स्वदेशी तथा विदेशी लगानीलाई निरुत्साहित तुल्याई नेपाल सरकारको १० वर्षमा १५ हजार मेगावाटको लक्ष्य पूरा नहुने निश्चित देखिन्छ ।”

प्रतिक्रिया दिनुहोस्