पुरानै ब्याजदर लागू गर्न चेम्बरको माग «

पुरानै ब्याजदर लागू गर्न चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले बैंकको ब्याज बढाउने राष्ट्र बैंकको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले बिहीबार विज्ञप्ति जारी गरेर पूरानै ब्याजदर कायम गर्न माग गरेको हो ।
वित्तीय प्रणालीमा तरलताको अभावको समस्या चुलिएपछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा सुरु भएकोमा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार गत महिनामा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्जे चेम्बरको माग छ ।
यस्तै संस्थागत मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनु पर्ने भनि दिएको निर्देशन स्वागतयोग्य रहेको चेम्बरले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८५ प्रतिशतलाई खारेज गरी सिडी रेसियो ९० प्रतिशत गरिएकाले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको हुनाले तत्कालै पुरानै ब्यवस्था अनुरुप न्यूनतम ८५ प्रतिशत कायम हुनु पर्ने चेम्बरको माग छ ।

प्रतिक्रिया दिनुहोस्