सेनाद्वारा पुस्तकालय हस्तान्तरण «

सेनाद्वारा पुस्तकालय हस्तान्तरण

सेनाको भगतपुर ब्यारेकस्थित सिंहशार्दुल गुल्मले कञ्चनपुरको पुनर्बास नगरपालिका–१ मा रहेको शान्ति माध्यमिक विद्यालयमा पुस्तकालय हस्तान्तरण गरेको छ । नागरिक–सैनिक सम्बन्ध सुदृढिकरणका लागि नेपाली सेनाले आइतबार सरस्वती पूजाको अवसर पारेर विद्यालयलाई पुस्तकालय बनाएर हस्तान्तरण गरेको हो ।
पुस्तकालयलाई पुनर्बास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले उद्घाटन गर्दै सेनाले गरेको कार्यले विद्यार्थीको जीवनस्तरमा टेवा पुग्ने बताए । उनले नगरपालिकाले गर्नुपर्ने काम ब्यारेकबाट भएकोमा खुसी व्यक्त गर्दै आउँदा दिनमा सेनासँग नगरपालिकाले सहकार्य गर्ने आश्वासन दिए ।
टोलकै नामबाट ‘अंशुवर्मा पुस्तकालय’ स्थापना गरिएको सिंहशार्दुल गुल्मका गुल्मपति सेनानी बिदुरध्वज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्