लैंगिकमैत्री जलवायु प्रविधि विकासमा जोड «

लैंगिकमैत्री जलवायु प्रविधि विकासमा जोड

सरोकारवालाहरुले लैंगिकमैत्री जलवायु प्रविधिको विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् ।
पछिल्लो समय बढ्दै गएको जलवायु परिवर्तनको प्रभाव सबैभन्दा बढी महिलाको जिवनस्तरमा पर्ने भन्दै उनीहरुले लैंगिकमैत्री जलवायु प्रविधि विकास गर्न आवश्यक रहेको बताएका हुन् । दिगो विकास संस्थाद्वारा बिहीबार राजधानीमा आयोजिक कार्यक्रममा सरोकारवालाहरुले जलवायु परिवर्तनको सबै भन्दै बढी प्रभाव महिलामा परेको बताएका छन् ।
बेलायतस्थित स्कटल्याण्डको ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २६ औं सम्मेलनमा पनि नेपालले जलवायु परिवर्तनका समस्या र लैगिक मुद्दालाई पनि प्रस्तुत गर्ने तयारी गरेको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. राधा वाग्लले जलवायु परिवर्तनका कारण पानीको मुहान सुक्ने, कृषि बाल् िनष्ट हुने र यसले सबैभन्दा बढी प्रभाव महिलामा पर्ने बताएकी छिन् ।
“कतिपय ठाउँमा जलवायु परिवर्तनका कारण पानीको महुान सुक्दै गउक्ँ छन्, महिलाहरु यसकारण पानी लिन टाढा टाढा पान बाध्य भएका छन्, घण्टौं लाइन बसेर पानी भर्न बध्य भएका छन्,” उनले भनिन्, “यस्ता समस्या पनि आगामी कोपको अन्तर्राष्ट्रिय सभामा राख्ने छौं, यी समस्या सम्बोधन गर्न जेण्डर एक्सन प्लान पनि बनाएका छौं ।”
जलवायु परिवर्तनको असर, यसले भावी दिनमा पार्न सक्ने प्रभाव र अनुकुलनका उपायको विषयमा महिलालाई लक्षित गरेर तालिम सञ्चालन गर्ने र उनीहरुको क्षमता वृद्धि गर्ने योजना रहेको उनले बताइन् ।
दिगो विकास संस्थाकी संस्थापक अध्यक्ष शर्मिला कार्कीले जलवायु परिवर्तनले ल्याएका समस्या र यसबाट भएको क्षति न्यूनिकरणका लागि स्थानीय सरकारलाई पनि सबल बनाउन आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्