न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट आज «

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट आज

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुँदै छ । कम्पनीको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ । यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा १४ गुणा बढी हो । कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।
कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । यो आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ ।
कम्पनीले सर्वसाधारणमा आईपीओ बिक्री गर्नु अघि भदौ १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित स्थानिय र संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुमा आईपीओ बिक्री खुला गरी असोज ६ गते बाँडफाँट गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण सेयरमध्ये स्थानीयमा १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुमा ३ लाख कित्ता सेयर वितरण गरेको हो ।
कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रुपैयाँ रहेको छ । हाल कम्पनीमा संस्थापक सेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले संस्थापक सेयर धनी तथा कर्मचारी र स्थानीयसहित सर्वसाधारणमा २७ प्रतिशत सेयर बिक्री गर्नेछ ।
सर्वसाधारणमा समेत सेयर जारी पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष ०७७÷०७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९१.९९ रहेको छ । यस अवधिसम्म कम्पनी ८ करोड ७७ लाख ६४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्