वीउवा सङ्घद्वारा थप तीन समिति विस्तार «

वीउवा सङ्घद्वारा थप तीन समिति विस्तार


वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप तीन समिति विस्तार गरेका छन् । विस्तारित समितिमा निर्यात, आयात तथा लगानी प्रबद्र्धन समिति, खेलकुद समिति र कन्टेनर कार्गो ह्याण्डलिङ्ग समिति छन् ।
निर्यात, आयात तथा लगानी प्रबद्र्धन समितिको संयोजकमा हेमन्त वैध, खेलकुद समितिको संयोजकमा सौरभ केडिया तथा कन्टेनर कार्गो ह्याण्डलिङ्ग समितिमा यश अग्रवाल (टेमानी) मनोनयन भएका छन् ।
कार्यक्रममा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले यहाँहरूले समितिहरूको काम कारवाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु हुने छ भनी विश्वास लिएको बताए । साथै सङ्घअन्तर्गत रहेका समितिहरूले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र सङ्घले आफ्नो समग्र उद्देश्य पूरा गर्न सहज हुने बताए ।
समितिका संयोजकहरूले आपूmहरू माथि विश्वास गरी समितिको संयोजकमा मनोनयन गर्नुभएकोमा आभार प्रकट गर्दै आ–आफ्नो समितिको काम कारवाही आपूmहरूले भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने बताएका थिए ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दासको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्