‘नवीकरणीय ऊर्जा प्रवद्र्धनमा सबैसँग सहकार्य’ «

‘नवीकरणीय ऊर्जा प्रवद्र्धनमा सबैसँग सहकार्य’

 नवनियुक्त वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवद्र्धनका लागि सबैसँग सहकार्य जरुरी रहेको बताएका छन् ।  नवनियुक्त वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवद्र्धनका लागि सबैसँग सहकार्य जरुरी रहेको बताएका छन् ।  नेपाल नवीकरणीय ऊर्जा परिसंघले अधिकारीको सम्मानमा आयोजना गरेको कार्यक्रममा अधिकारीले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकारी र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताएका छन् । नवीकरणीय ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नीतिगतदेखि कार्यन्वयनसम्मको चरणमा आफूले सबै सरोकारवालासँग सहकार्य गरी अघि बढ्ने उनले बताए ।  कार्यक्रममा केन्द्रका पूर्वकार्यकारी निर्देशक डा. रामप्रसाद धितालले नवीकरणीय ऊर्जाको विकासमा सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउँदै यस क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । नवीकरणीय ऊर्जा क्षेत्रको विकास आजको आवश्यकता भएको बताउँदै मिक्स इनर्जीमा जाने सरकारको योजनालाई सफल बनाउनुपर्ने बताए । केन्द्रका निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जाको क्षेत्रमा भएको प्रगति र उन्नतिलाई निरन्तरता दिएर यस क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । कार्यक्रममा सहभागीले निजी क्षेत्रसँग सहकार्य गरी ग्रामीण क्षेत्रमा नवीकरणीय क्षेत्रको प्रवद्र्धनमा अघि बढ्न आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्