ईङवा हाइड्रोपावरको बिक्री प्रबन्धक नियुक्त «

ईङवा हाइड्रोपावरको बिक्री प्रबन्धक नियुक्त

ईङवा हाइड्रोपावरले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङलाई नियुक्त गरेको छ ।
कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँका दरको १९ लाख ६० हजार कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङलाई नियुक्त गरेको छ ।
सो सम्झौतामा मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावरको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
ईङवा हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा ९.७ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । नेपालएसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्