सिटी एक्सप्रेस योजनाको पाँच जना लखपति बिजेता घोषणा «

सिटी एक्सप्रेस योजनाको पाँच जना लखपति बिजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ’सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । सोही योजनाअन्तर्गत ५ जनाले जनही १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरेको थियो ।
जसमा जापानबाट रेमिटान्स पठाउने अन्जु घले, साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीनकुमार श्रेष्ठ र जानुका चौलागाइँ र दुबईबाट रेमिटान्स पठाउने उमेश यादव लखपति बन्न सफल भएका छन् ।
सिटी एक्सप्रेसले दसैंको अवसरमा ६१ दिन सम्म चल्ने यो उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।
योजनाअन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गरिन्छ । साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्ने योजनामा रहेको छ ।
कम्पनीका अनुसार अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही योजनामा सहभागी हुनेछन् । यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

प्रतिक्रिया दिनुहोस्