सिटिजन लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश «

सिटिजन लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश

सिटिजन लाइफइन्स्योरेन्स कम्पनी स्थापनाको पाँचौ वर्षमा प्रवेश गरेको छ ।
विश्वासिलोे र ग्राहकको पहिलो रोजाइको जीवन बिमा कम्पनी बन्ने उद्देश्य लिएको कम्पनी चौथो वर्ष पूरा गरेर पाँचौ वर्षम प्रवेश गरेको हो । कम्पनीले आफ्नो वार्षिकोत्सवमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडालगायतका सहयोग गर्दै आएको छ ।
सञ्चालक समितिका सदस्यहरु, कर्मचारी तथा सिटिजन लिडरहरुको समुपस्थितिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रदिपजंग पाण्डेले कम्पनीलाई आजको अवस्थामाल्याई पु¥याउन सहयोग पु¥याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानमार्फत ग्राहकलाई विस्वासिलो सेवा दिने प्रतिवद्धतासमेत जनाए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले प्रचलित कानुन, नीति, नियम अनुसार व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्