वायु प्रदूषणको समस्या तथा समाधान «

वायु प्रदूषणको समस्या तथा समाधान


वायुमण्डलमा धूलोका कणहरू, विभिन्न किसिमका हानिकारक ग्यासहरू, उद्योगबाट निस्केका खनिज कणहरू र आणविक भट्टीहरूबाट निस्कने रेडियोधर्मी किरणहरू आदिको सम्मिश्रणका कारणले गर्दा वायु प्रदूषण उत्पन्न हुने गर्छ ।
आजभन्दा तीन सय वर्षपहिले वैज्ञानिक जोहन एभलिनले कोइलाको अधिक प्रयोगबाट वायु प्रदूषण निम्तिने र त्यसबाट मानिसहरूको श्वास–प्रश्वाससम्बन्धी रोगले मृत्यु हुने, धूलो, वायुमण्डलबाट कुनै पनि ठाउँमा झर्न सक्ने, कुनै पनि वस्तुमा अपघर्षण भई वस्तु खुइलिएर जाने र कालो धूवाँको बादलका कारणले सौर्यशक्ति पनि कम हुने सम्भावना औंल्याएका थिए ।
यसै कुरालाई बीसौं शताब्दीमा अध्ययनको मुख्य विषयवस्तु पनि बनाइयो र यस प्रकारका असरहरू पनि प्रशस्तै देखिए । आज एक्काइसौं शताब्दीको सुरुवातमा पनि यसको अध्ययन आवश्यक भइरहेकै छ । वायु प्रदूषणको असर सर्वप्रथम सन् १९३० मा बेल्जियमको म्युम भ्यालीमा देखिएको थियो । त्यसपछि कुमस संयुक्त राज्य अमेरिकाको पन्यु सोलभानिया राज्यको मानोकाहैला नदीमा सन् १९४८ लन्डनमा सन् १९५२ मा देखियो । यी सबै प्रकारका वायु प्रदूषणबाट मानिसहरूको मृत्यु भएको थियो । वायु प्रदूषणबाट पृथ्वीको सतहभन्दा करिब ६० किलोमिटर माथि रहेको ओजोन तहलाई पनि प्रभावित पारेको बताइन्छ ।
सामान्य कानको सुन्ने क्षमताभन्दा बढी तीव्र ध्वनि तरङ्गहरूको उत्पत्तिलाई ध्वनि प्रदूषण भनिन्छ । यस सम्बन्धमा प्रसिद्ध विद्वान् महरा माथुरले यसरी परिभाषा गरेका छन् । उनका अनुसार ध्वनि प्रदूषणले मानिसको शान्तिपूर्वक बाँच्न पाउने अधिकारको हरण गरिरहेको हुन्छ । विभिन्न किसिमका कलकारखाना, वायुयान उडान, आणविक विस्फोटन, विकास निर्माणका कार्यमा गरिने विस्फोटन, अवञ्चित रूपमा मानिसले निकालेका ध्वनिहरू, अनियन्त्रित गीत–संगीत आदि ध्वनि प्रदूषणका प्रमुख कारणहरू हुन् ।
वास्तवमा मानिसको सामान्य व्यवहारका लागि केबुल ३० डेसिबलको ध्वनि मात्र पर्याप्त मानिन्छ । हाम्रो कानको अधिकतम सुन्न सक्ने क्षमता ६५ डेसिबल रहेकोमा वैज्ञानिकहरूले ४५ डेसिबल ध्वनिलाई मापदण्ड मानेका छन् ।
विकास र औद्योगीकरणको प्रयासमा निर्माण गरिएका ठूलठूला उद्योग र कारखानाका चिम्नीहरू तथा मोटरहरूबाट निस्किने कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, सल्फरअक्साइड तथा अन्य ग्यासहरूयुक्त धूवाँहरूले वायुमण्डल ढाक्न थालेको छ । यी ग्यासहरूले हावालाई दूषित तथा विषालु बनाइदिन्छ । यसका साथसाथै वायुमण्डलमा रहेका धूलोका कणहरूसँग मिलेर यी धूवाँहरूले नीलो आकाश नै नदेखिने गरी ढाकिदिन्छ । अनि हाइड्रोकार्बन र नाइट्रोअक्साइड वायुमण्डलमा फैलिन्छन् ।
अनि अल्डाम्बाइलेट किरण भएको बेला नाइट्रोअक्साइड र हाइड्रोकार्बन मिलेर एक किसिमको ओजोन र हाम्रो आँखा पीरो पार्ने र पोल्ने पेरोक्सिएसिटायल नाइट्रेट भन्ने विषालु ग्यास बनाउँछ । यस्तो विषालु ग्यासले हाम्रो आँखा पीरो हुनु, पोल्नुका साथै श्वास फेर्न पनि मुस्किल हुने, घाँटी दुख्ने आदि हुन्छ । साथै न्युमोकिनियोसिस दम, ब्रोकाइठिस, रुघाखोकी, क्यान्सर, सिलिकोसिस र अन्य छालाका रोगहरूमा पनि व्यापकता एवं गम्भीरता ल्याइदिन्छ ।
विशेषतः उद्योगहरूबाट निस्केको धूवाँको कालो मुस्लोबाट वायु प्रदूषण प्रस्ट देखिने भए तापनि यसको स्रोतमा खनिज, ढुंगा खानी, सिमेन्ट उद्योग, तेल प्रशोधन स्थल, मल उत्पादन उद्योग, मोटर गाडी, कोइला खानी, दाउरा आदि पर्छन् । विभिन्न आर्थिक र सामाजिक क्रियाकलापबाट निस्केको धूलो एसबेस्टस, सिसाको धूलो, म्याग्न्याजिन धूलो, विकिरण, सल्फरडाइअक्साइड, हाइड्रोजनसल्फाइड नाइट्रोजनअक्साइड, हाइड्रोजन फ्लोराइड, कार्बनमोनोअक्साइड, हाइड्रोकार्बन आदिबाट जनस्वास्थ्यमा गम्भीर असर पर्छ ।
वायुमण्डलमा कार्बनडाइअक्साइडको ८० प्रतिशत मात्रा मोटरगाडीबाट मात्र थपिएको अनुमान गरिएको छ । सर्वप्रथम जान टिडल नामक प्रकृति वैज्ञानिकले १८६१ मा कार्बनडाइअक्साइडसँग सम्बन्धित ग्रिनहाउस क्याक्टरीको जानकारी दियो । यस प्रभावका अनुसार कार्बनडाइअक्साइड सूर्यको विकिरण (रेडियरान) का लागि पारदर्शी हुन्छ अर्थात् अलडाबायबेट र इफ्रोरेड नामक विकिरणलाई कार्बनडाइअक्साइड पृथ्वीसम्म पु¥याइदिन्छ ।
दोस्रो अरू ताप विकिरण (थर्मल रेडियरान) का लागि कार्बनडाइक्साइड अपारदर्शी हुन्छ र पृथ्वीको गर्मीलाई अवशेषण गरिदिन्छ । कार्बनडाइअक्साइडको प्रभावलाई ‘ग्रिन हाउस प्रभाव’ भनिन्छ । नेपालमा वायु प्रदूषण अन्य विकसित मुलुकहरूको दाँजोमा अत्यन्त कम भए तापनि अव्यवस्थित सहरीकरण र औद्योगीकरणका प्रयासहरूबाट स्थिति दिनदिनै गम्भीर हुँदै गइरहेछ । हाम्रो शरीरले सरदर १३ हजार ६ सय ३८ शुद्ध हावा प्रतिदिन लिटर लिने गर्छ भन्ने विद्वान्हरूको भनाइ छ । शुद्ध हावाका अणुहरू हुनुपर्छ भन्ने भनाइ छ । यस्तो अवस्थामा हामीले हाम्रो वायुको गुण कस्तो हुनुपर्छ भन्ने कुरा मननयोग्य छ ।
प्राकृतिक र मानवीय कारणले गर्दा काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभाव अन्य सहरहरूमा भन्दा बढी हुने गर्छ । कचौराजस्तो भौगोलिक भू–बनोटले गर्दा उपत्यकाभित्र जम्मा भएका वायु प्रदूषकहरूलाई हावाले सजिलै बाहिर लान सक्दैन । जाडोयाममा त यो समस्या झन् जटिल हुन्छ, किनभने जाडोयाममा राति र बिहानीपख उपत्यकाको सतहनिर चिसो हावाको एक तह बन्छ, जसलाई तातोहावाको अर्को तहले ढकनीले जस्तै छोपेर राखेको हुन्छ । यसलाई वैज्ञानिक भाषामा इन्भर्सन भनिन्छ ।
यसले गर्दा जाडोेयाममा प्रदूषकहरू जमिनको सतहनजिक नै बसिरहन्छन् र वायु प्रदूषण अत्यधिक मात्रामा बढ्छ । वायु प्रदूषण बढी हुनुको अर्को कारण यहाँको उचाइ पनि हो । १ हजार ३ सय मिटरदेखि १ हजार ३ सय ५० मिटरसम्मको उचाइमा अवस्थित काठमाडौं उपत्यकामा गाडीहरूले अन्य कम उचाइ भएका ठाउँभन्दा साधारणतया बढी धूवाँ फाल्ने गर्छन् । काठमाडौंको मौसमले पनि वायु प्रदूषण बढाउन सहयोग पु¥याइरहेको छ । वर्षाले हावामा भएका प्रदूषकहरू पखाल्ने गर्छ ।
तर काठमाडौंमा करिब तीन महिना मात्र राम्ररी पानी पर्ने हुनाले पानी नपर्ने समयमा वायु प्रदूषण बढी हुने गर्छ । काठमाडौंमा शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सुविधाहरूको अवसर बढी हुने भएकाले उपत्यकाको जनसंख्या तीव्र रूपले वृद्धि हुँदै छ । हाल काठमाडौं उपत्यकामा करिब १८ लाख मानिस बसोबास गर्छन्, जसमध्ये करिब दुईतिहाइ सहरी क्षेत्रमा बस्छन् । यहाँको जनसंख्या वृद्धिदर (वार्षिक ४.८३ प्रतिशत) सिङ्गो देशको वृद्धिदर (२.२७ प्रतिशत) भन्दा दोब्बर छ ।
यसले गर्दा अव्यवस्थित सहरीकरण र सवारी साधनहरूको चाप बढ्दो छ । विश्व बैंकले सन् १९९२ मा तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालयले सन् २००१ मा गरेको अध्ययनहरूलाई तुलना गर्दा गएको आठ वर्षको अवधिमा सवारी साधनहरूको धूवाँबाट निस्कने पिएम–१० को मात्रामा चार गुणाभन्दा बढीले वृद्धि भएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयको अनुसार हाल उपत्यकाको हावामा भएको कुल पिएम–१० को लगभग ४३ प्रतिशत सवारी साधनहरूकै कारणबाट हावामा मिसिन्छ ।
डिजेलबाट चल्ने सवारी साधनहरूको धूवाँ एकदमै खतरनाक हुन्छ । यो धूवाँमा मसिना धूलाका कणहरू अत्यधिक पाइन्छ र यी कणहरूमध्ये ९० प्रतिशतजति १ माइक्रोनभन्दा मसिना हुन्छन् । डिजेलको धूवाँमा यस्ता धूलाका कणहरू पेट्रोलको धूवाँको तुलनामा १ सय गुणा बढी हुन्छ । यस्ता धूलोका कणहरूले मान्छेको फोक्सोमा क्यान्सर निम्त्याउन सक्छन् ।
सन् १९९७ मा जापानी वैज्ञानिकहरूले क्यान्सर रोग निम्त्याउन सक्ने अहिलेसम्म पत्ता लागेका रसायनहरूमध्ये सबैभन्दा खतरनाक पदार्थ डिजेलबाट निस्कने धूवाँमा पाए । काठमाडौंको परिवेष्ठित वायुको गुणस्तर अनुसार कुल सस्पेन्डेड कण र १० माइक्रोनका पार्टिकुलेट म्याटरबाहेक अरू आधारभूत प्रदूषकहरू विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभित्र रहेका छन् ।
उपत्यकाको वायुमण्डलको कुल सस्पेन्डेड कणसम्बन्धी तथ्यांकअनुसार वर्षाको समयमा भन्दा हिउँदमा बढी प्रदूषण हुने गरेको छ । वायु प्रदूषण गराउनमा उद्योगहरूको पनि महŒवपूर्ण भूमिका रहेको हुन्छ । औद्योगिक प्रदूषण नियन्त्रण एवं व्यवस्थापन परियोजनाद्वारा सम्पन्न गरिएको औद्योगिक प्रदूषणसम्बन्धी सर्वेक्षणअनुसार वायु प्रदूषण गर्ने कुल ३ हजार १ सय ५६ उद्योगहरूले प्रतिवर्ष ७६ हजार ४ सय टन कुल सस्पेन्डेड कणहरू फ्याँक्ने गर्दछन् । (देवकोटा र न्यौपाने, १९९४) ।
साधारणतया काठमाडौं उपत्यकाको वायुमण्डलमा मझौला र ठूला उद्योगहरूको दैनिक १ सय ४ टन कुल सस्पेन्डेड कण फ्याँक्छन् । सो परियोजनाले गरेको अर्को एक अध्ययनअनुसार तरल इन्धन प्रयोग गर्ने बोइलरमा चिम्नीको टुप्पामार्फत १० प्रतिशतसम्म औद्योगिक स्रोतको नोक्सानी भएको कुरा उल्लेख भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर हो । ११ देशको १ हजार ६ सय सहरमा गरिएको एक सर्वेक्षणमा दिल्लीको हावामा पीएम २.५ (सास भित्र जाने पार्टीकुलुट म्याटर) को मात्रा निकै पाइएको छ । दिल्लीमा यो १ सय ४३ माइक्रोग्राम प्रतिघनमिटर छ । यो नयाँ प्रतिवेदनको नाम ऐम्बिएन्ट एअर पोलुसन राखिएको छ । प्रतिवेदनमा १५ सय देशको वायु प्रदूषणको स्थिति तथा असरबारे विस्तृत रूपमा जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले २.५ पीएमको बढ्दो स्तरमा चिन्ता व्यक्त गर्दै भनेको छ, पीएम २.५ को कन्स्ट्रक्सन प्रतिघनमिटिर १० माइक्रोग्रामभन्दा बढी हुनु हँुदैन । एसियाको घना आवादी भएको सहरमा पनि तुलनात्मक हिसाबमा कम वायु प्रदूषण छ । पाकिस्तानको कराँचीमा पीएम २.५ को ११७ माइक्रोग्राम प्रतिघनमिटर छ भने चीनको राजधानी बेइजिङमा ५६ र सांघाईमा ३६ रहेको छ । यो प्रतिवेदनले स्पष्ट रूपमा दिल्लीमा प्रदूषण कम गर्न आवश्यक कदम तत्काल नचाल्ने हो भने रोगहरू फैलने चेतावनी दिएको छ ।
डब्लूएचओको नयाँ विवरणले भारतमा स्वास्थ्य सम्बन्धी चेतावनी दिएको छ । भारतमा वायु प्रदूषणको कारण धेरैको मृत्यु भइरेहको छ । ससाना कण हाम्रो फोक्सोमा जान्छ र यसले हृदयसम्बन्धी समस्या निकाल्छ । यसबाट फोक्सोको क्यान्सरसमेत हुने गर्छ । उनले कोइलाबाट सञ्चालित बिजुली केन्द्र र निजी गाडीको बढी चापको कारणले वायु प्रदूषण चर्किरहेको छ ।
उपत्यकामा सडक विस्तारअन्तर्गत धूलो रोक्ने भन्दै ४३ लाख रुपैयाँ खर्च गरिएको छ । निर्माणका बेला उत्पन्न नकारात्मक वातावरणीय प्रभाव नियन्त्रणको दायित्व निर्माण व्यवसायीकै हुन्छ, तर, सडक विस्तार आयोजनाले धूलोको नाममा ठेकेदारलाई थप भुक्तानी दिएको छ । ६ करोड १३ लाख लागत अनुमान भएको थिर बम मार्ग सडकका लागि नेपाल आदर्श निर्माण कम्पनीको ५ करोड १५ लाख प्रतिशत भेरिएसन अर्डर स्वीकृत गराएको देखिन्छ ।
यसबाट ४३ लाख ८७ हजार रुपैयाँ ठेक्का रकम ६ करोड ७१ लाख रुपैयाँ पुगेको थियो । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४३ मा निर्माण क्रममा वातावरणीय प्रभाव पर्ने भए बोलपत्रसम्बन्धी कागजातमा त्यसको विवरण र नियन्त्रणका निम्ति अपनाउनुपर्ने मापदण्डको विवरण उल्लेख गर्नुपर्ने व्यवस्था छ ।
सामान्यतया हावाको गुणस्तर एयर क्वालिटी इन्डेक्स शून्यदेखि ५० सम्मको सूचकांकको अवस्थालाई राम्रो मानिन्छ, तर विराटनगरमा हावाको गुणस्तर (एयर क्वालिटी इन्डेक्स) पछिल्लो एक हप्ता यता दुई सयभन्दा माथि देखिँदै आएको छ । एयर क्वालिटी इन्डेक्सको मात्रा १ सयभन्दा माथि देखिनुलाई खतराको संकेतका रूपमा लिनुपर्ने वातावरणविद् बताउँछन् ।
शीतलहर नचल्दा र पानी नपर्दा हावामा भएका कण बाक्लिँदै गएर तुवाँलोमा परिणत हुने वातावरणसम्बन्धी अनुसन्धानकर्ता तथा स्नातकोत्तर क्याम्पस, विराटनगरका उपप्राध्यापक रामचन्द्र अधिकारी बताउनुहुन्छ ।
वायु प्रदूषणको असर मानव स्वास्थ्यमा तत्काल नदेखिए पनि दीर्घकालीन रूपमा यसले फोक्सो, मुटु र श्वासप्रश्वासमा समस्या पारेर हृदयाघातजस्ता रोग देखा पर्ने उपप्राध्यापक अधिकारीको भनाइ छ । वायु प्रदूषणको मापनका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा उपकरण जडान गरिएको छ । त्यसको विवरण विराटनगर महानगरपालिका वडा नं. ३ वन कार्यालयमाा राखिएको हवबोर्डमा देखिने महानगरपालिका वातावरण शाखाको अधिकृत अनिता न्यौपानेले बताउनुभयो ।
उपत्यकाको वायुको गुणस्तर मानव स्वास्थ्यलाई अत्यन्तै घातक देखिएको छ । विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३ सयभन्दा बढी भए घातक भनेको छ । उपत्यकामा शुक्रबार एक्यूआई सबैभन्दा बढी भैंसेपाटीमा ३१४ पुगेको छ । यसबाट तात्कालिक मात्रै होइन, दीर्घकालिक स्वस्थ्य समस्या निम्तिने जोखिम रहेकाले सजग हुन विज्ञहरूले आग्रह गरेका छन् । डढेलोको धूवाँ मिसिएको प्रदूषणले शरीरका सबै अंगलाई असर गर्ने चिकित्सकहरू बताउँछन् ।
वन तथा वातावरण मन्त्रालयले उपत्यकामा देखिएको वायुको गुणस्तरमा अझै केही दिन सुधार नहुने जनाएको छ । नाक र मुखबाट शरीरभित्र प्रवेश गर्ने धूलोका कणले समस्या निम्त्याउँछ । ठूला कण नाक र घाँटीमा अड्किन्छन् । ससाना कण फोक्सोमै पुग्छन् । यसले रुघाखोकी, एलर्जी, पिनास, दम, क्षयरोग, मुटुका बिरामीलाई तत्कालै असर गर्छ । छालामा सुक्खापन ल्याई चिलाउने समस्या देखा पर्छ ।
वातावरणीय सरसफाइले मानिस, प्राणी र वनस्पतिबीचको अन्तरसम्बन्धका बारेमा अध्ययन गर्नुका साथै मानिसको स्वास्थ्यमा यसको महŒवको बारेमा बताउँछ । पानी, हावा, माटो आदि प्रदूषण हुने तरिका, प्रदूषणले गर्दा हुने रोगहरू आदिको अध्ययन गर्नुका साथै त्यसको समयमै रोकथाम गर्ने उपायहरूको बारेमा बताउँछ ।
पेसागत रोग र त्यसबाट बच्ने उपायहरूको बारेमा बताउँछ । खाद्य सरसफाइ, खाद्य वस्तुबाट सर्ने रोगहरू, ती रोगबाट बच्ने उपायहरूको बारेमा बताउँछ । ठोस फोहरमैला भन्नाले काम नलाग्ने कवाडी सामानहरू, धूलो, खरानी, उब्रेको खाना, फुटेका सिसा, सडकको फोहर, बगैंचाको फोहर, तरकारी केलाउँदा निस्किएको वस्तु, इँटाका टुक्रा, मरेका जनावर आदि पर्छन् ।
तर, फोहर–मैलाअन्तर्गत मानिसको दिसा भने पर्दैन ।
जैविक फोहरमैला कार्बन मिलेर बनेका वस्तुहरू जस्तै कागज, पातपतिङ्गर, कपडा, प्लास्टिक, काठ, खाना, तरकारी आदि । यस्ता वस्तुहरू सड्ने तथा गल्ने गर्छन् । तसर्थ यस्ता फोहरमैलाहरूलाई मानव बस्तीभन्दा टाढा लगेर लगाएर वा गाडेर त्यसको विसर्जन गर्न सकिन्छ । अजैविक फोहरमैला वस्तुको बनावटमा कार्बन तŒव समावेश नभएका वस्तुहरू अजैविक वस्तु हुन् । जस्तै ः फलाम, टिन, सिसा, काँच आदि । यस्ता वस्तुबाट निस्किएको वस्तुका फोहरमैलालाई जलाउन सकिँदैन भने सडेर पनि जाँदैन ।
धातुका वस्तुहरूलाई छुट्टै संकलन गरेपछि यसलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ भने काँचका टुक्राहरूलाई सावधानीपूर्वक विसर्जन गर्नुपर्छ । फोहरमैला र वातावरणीय प्रदूषण सिक्काका दुई पाटाजस्तै एकआपसमा घनिष्ठ सम्बन्ध छ ।
यो पृथ्वीमा मानवमात्र नभएर अनगिन्ती संख्यामा आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुहरू छन् । कुनै जीवाणुहरूलाई सूक्ष्मदर्शक यन्त्रले देख्न सकिन्छ भने कसैलाई यो यन्त्रले पनि देख्न सकिँदैन । यी जीवाणुहरू ब्याक्टेरिया र ढुसी परिवारभित्र पर्छन् । हामीले फोहरहरूलाई घरबाट बाहिर, चोक, सडक वा दोबाटोतिर थुपार्न लान्छौं । सम्बन्धित निकायले त्यसलाई पानी नजिकको खोल्सा, नदी किनार, पोखरी छेउमा त्यत्तिकै फाल्न लैजान्छन् । यसरी हामीद्वारा अव्यवस्थित रूपमा फालिएका सागपात, खानेकुरा र अन्य जैविक फोहरहरूमा ती संक्रामक रोगका सूक्ष्म जीवाणुहरू बस्छन् र तिनीहरूको संख्यात्मक वृद्धि भएर हावा र पानीमा फैलन्छन् ।
अनि हामीले खाएको खाना, पिएको पानी र सास फेरेको हावाबाट ती कीटाणुहरू शरीरभित्र पसी टाइफाइड, झाडापखाला, आउँ र कमलपित्तजस्ता महामारी रोगहरू फैलाउँछन् । यस्तो दुर्गन्धित फोहरको थुप्रो र संक्रामक कीटाणुहरू फैलेको वायुमण्डलीय अवस्थालाई वातावरणीय प्रदूषण भनिन्छ । वातावरणीय प्रदूषणको मूल कारण फोहरमैलाको अव्यवस्थापन भएकाले फोहरमैला र वातावरणीय प्रदूषणको घनिष्ठ सम्बन्ध देखिन्छ । नेपालमा वि.सं. २००७ सालभन्दा अगाडि काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा फोहरमैला स्थानीय तहमा व्यवस्थित गरिन्थ्यो र यसलाई प्राङ्गारिक मलको रूपमा उपयोग गरिन्थ्यो ।
समयको क्रममा उत्पादित फोहरमैलाको परिमाण र स्वभाव दुवैमा आएको महŒवपूर्ण परिवर्तनबाट नजिकको खुला ठाउँमा जथाभावी फोहर थुपार्ने प्रवृत्ति बढ्यो । नगरक्षेत्रमा यो बानी बढ्दो रूपमा देखिएको छ । हिजोआज औद्योगिक र गार्हस्थ्य क्षेत्रको फोहरमैला व्यवस्थापन नेपालको सहरी क्षेत्रमा ठूलो चासोको विषय भएको छ । काठमाडौं उपत्यकामा जर्मन सरकारको सहायता अन्तर्गत सन् १९८० दशकको मध्यतिर स्थापना भएको फोहरमैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रले फोहर जम्मा गर्ने, स्थानान्तरण केन्द्रमा छुट्ट्याउने र गोकर्णको ल्यान्डफिल साइटमा लगेर थन्क्याउने काम गरेको थियो ।
हाल स्थानीय निकायहरूले संस्थागत प्रयासबाट फोहरमैलाको संकलन, ढुवानी तथा अन्तिम निष्कासन गरिरहेका छन् तथापि अहिले पनि काठमाडौं उपत्यकामा फोहर मैला व्यवस्थापन ठूलो समस्याका रूपमा रहेको छ ।
वातावरण संरक्षण तथा जलवायु परिवर्तनको प्रभाव अनुकूलन गर्दै समष्टिगत विकासका लक्ष्यहरू हासिल गर्ने महŒवपूर्ण सवाललाई मध्यनजर गरी नेपालले यस क्षेत्रमा भएका अन्तर्राष्ट्रिय महासन्धि तथा सन्धिहरूको अनुमोदन तथा सम्मिलन गर्दै तदनुरूप राष्ट्रिय नीति, कानुन तथा संस्थागत संयन्त्रहरूको व्यवस्था गरेको छ । वातावरणीय पक्षमा पर्ने प्रभाव तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हरित विकासको अवधारणालाई आत्मसात् गरिएको छ ।
सरकारी तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय सङ्घसंस्थासमेतको सक्रियतामा राष्ट्रिय तथा स्थानीय अनुकूलनका लागि रणनीतिक कार्यक्रमहरू, कार्बन व्यापारको थालनी, वातावरणीय संवेदनशीलताका मुद्दाहरूको आन्तरिकीकरण र सम्बोधनका जस्ता प्रयासहरू भइरहेका छन् ।
साथै जलवायु परिवर्तनका क्षेत्रमा भएका सार्वजनिक खर्च एकिन गर्न पहिलो पटक नेपालमा जलवायु परिवर्तन बजेट संकेतको व्यवस्था गरिएको छ । राष्ट्रिय अनुकूलन कार्यक्रमलाई कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय अनुकूलन कार्यक्रमलाई अघि बढाउने कार्य भइरहेको छ ।
त्रिवर्षीय योजना अवधिमा वातावरणीय नियमावली, निर्देशिका र मापदण्डको कार्यान्वयनको अनुगमन तथा व्यवस्थापन, वातावरणीय परीक्षण, जलवायु परिवर्तन अनुकूलन तथा प्रभाव न्यूनीकरण, प्रविधि विकास तथा प्रविधि हस्तान्तरणसम्बन्धी कार्यक्रम, वातावरण सचेतना अभिवृद्धि तथा प्रवद्र्धन कार्यक्रम, वातावरण तथा जलवायु परिर्वतनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि÷महासन्धिहरूको कार्यान्वयन अवस्थाको अध्ययन सम्पन्न भएको छ । साथै दीर्घायु विषादीको सुरक्षित व्यवस्थापनसम्बन्धी कार्य सम्पन्न भएको छ ।
वातावरणसम्बन्धी सन्धि÷महासन्धिहरूको अनुमोदन गरी वातावरण संरक्षण र दिगो विकासलाई नेपालमा कार्यरूप दिन कार्यक्रमहरू कार्यान्वयनमा आएका छन् । वातावरण व्यवस्थापनलाई विकास कार्यसँग आबद्ध गर्ने क्रममा वातावरणीय प्रभाव मूल्याङ्कनलाई संस्थागत गर्ने प्रयत्न भएको छ । वायुको गुणस्तरसम्बन्धी मापदण्ड एवं नेपाल सवारी प्रदूषणसम्बन्धी मापदण्डहरू निर्धारण गरी कार्यान्वयनमा ल्याइएको छ । जैविक विविधता महासन्धिको कार्यान्वयन प्रक्रिया पनि सुरु भइसकेको छ ।
नियमित रूपमा वातावरण र जलवायु परिवर्तनसम्बन्धी संरचना विकास गर्ने कार्यहरू भइआएका छन् । वाता।वरण संरक्षण प्रवद्र्धन, जनचेतना अभिवृद्धि एवं वातावरणीय सुशासन कायम गर्ने कार्यका लागि वातावरण विभागको गठन भएको छ । वातावरणीय अनुगमन, निरीक्षण र प्रतिवेदन प्रणालीलाई विभागको स्थापनापछि अझ व्यवस्थित गर्न सकिने अपेक्षा गरिएको छ । जलवायु परिवर्तनबाट पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न राष्ट्रिय अनुकूलन कार्ययोजना तयार भै कार्यान्वयन भइरहेको छ ।
राष्ट्रिय अनुकूलन कार्यक्रमको स्थानीय तहमा कार्यान्वयनमा लैजाने क्रममा मध्यपश्चिम र सुदूर पश्चिमाञ्चलका १४ जिल्लाका ६९ गाउँ विकास समिति र एक नगरपालिकामा स्थानीय अनुकूलन कार्ययोजनाहरू तर्जुमा भैरहेको छ । स्वच्छ ऊर्जाको विकासबाट क्योटो प्रोटोकलअन्तर्गत कार्बन व्यापारबाट नेपालले आम्दानी प्राप्त गर्न सुरु गरिसकेको छ । साथै हरित अर्थतन्त्रको अवधारणा अवलम्बन र न्यून कार्बन उत्सर्जन विकास रणनीति तर्जुमा कार्य समेत भइरहेको छ । जलवायु परिवर्तनका सन्दर्भमा नीतिगत पक्षमा गरेको उपलब्धिलाई मूल्यांकन गरी संयुक्त राष्ट्रसंघीय प्रणालीबाट नेपाललाई ग्लोबल लिडरसिप अवार्ड प्राप्त भएको छ ।
जलवायु परिवर्तनका कारण भएको तापमान बढोत्तरीबाट हिमालको हिउँ पग्लिने, हिमतालहरू विस्फोटन हुने खतरा बढ्नु, मौसमी प्रवृत्तिमा परिवर्तनबाट कृषि क्षेत्रमा नकारात्मक असर पर्नु, जैविक विविधतामा ह्रास आउनु, जनस्वास्थ्यमा प्रतिकूल असर पर्नु, खाद्यसुरक्षामा संकट आउनु, प्राकृतिक प्रकोपको सम्भावना बढ्नु, विकासका पूर्वाधार संरचनाहरूमा असर पर्नु तर अनुकूलनको क्षमता बढाउन नसक्नुजस्ता समस्या यस क्षेत्रमा देखिएका छन् ।
जलवायु परिवर्तनको असरबाट अनुकूलित हुनु, वातावरणीय अनुकूलता कायम गर्नु, औद्योगिक तथा अन्य मानवीय क्रियाकलापहरूबाट हुने उत्सर्जनलाई न्यून गर्नु, गरिबी र अन्य कारणहरूबाट हुने वन विनाशलाई रोक्नु, जलवायु वित्तमा पहुँच बढाई नतिजामूलक कार्यक्रम सञ्चालन गर्नु, जलवायु वित्तलाई राष्ट्रिय बजेट प्रणालीमा समेट्नु, वातावरण संरक्षण सम्बन्धमा जनचेतना अभिवृद्धि गर्नु, जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमहरूलाई जनस्तरमा नै आन्तरिकीकरण गर्नु र जलवायु परिवर्तनका विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालजस्ता जलवायु परिवर्तनबाट जोखिममा परेका देशहरूको साझा आवाज स्थापित गर्नु यस क्षेत्रका प्रमुख चुनौती रहेका छन् ।
वर्तमान पन्ध्रौं पञ्चवर्षीय योजना (२०७६÷२०७७–२०८०÷२०८१) मा वातावरणीय संरक्षण तथा यातायात व्यवस्थापन कार्यक्रमअन्तर्गत जलवायु परिवर्तनका असरहरू एकआपसमा सम्बन्धित हुने भएकाले यसको प्रभावको सामना गर्न वातावरण संरक्षण तथा जलवायु परिवर्तनको प्रभाव अनुकूलन गर्दै देश विकासका लक्ष्यहरू हासिल गर्ने महŒवपूर्ण सवाललाई मध्यनजर गरी नेपालले यस क्षेत्रमा भएका अन्तर्राष्ट्रिय महासन्धि तथा सन्धिहरूको अनुमोदन तथा सम्मिलन गर्दै तदनुरूप राष्ट्रिय नीति, कानुन तथा संस्थागत संयन्त्रहरूको व्यवस्था गरेको छ । वातावरणीय पक्षमा पर्ने प्रभाव तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हरित विकासको अवधारणालाई आत्मसात गरिएको छ ।
सरकारी तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय सङ्घ– संस्थासमेतको सक्रियतामा राष्ट्रिय तथा स्थानीय अनुकूलनका लागि रणनीतिक कार्यक्रमहरू, कार्बन व्यापारको थालनी, वातावरणीय संवेदनशीलताका मुद्दाहरूको आन्तरिकीकरण र सम्बोधनजस्ता प्रयासहरू भइरहेका छन् । जलवायु परिवर्तनका क्षेत्रमा लगानी यकिन गर्न जलवायु परिवर्तन बजेट सङ्केतको व्यवस्था गरी विगत योजना अवधिदेखि नै कार्यान्वयनमा आइसकेको छ ।
राष्ट्रिय अनुकूलन कार्यक्रमलाई कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय अनुकूलन कार्यक्रम कार्यान्वयन भइरहेको छ । वातावरण व्यवस्थापनलाई विकास कार्यसँग आबद्ध गर्ने क्रममा वातावरणीय प्रभाव मूल्याङ्कनलाई संस्थागत गर्ने प्रयत्न भएको छ । वायुको गुणस्तरसम्बन्धी मापदण्ड एवम् नेपाल सवारी प्रदूषणसम्बन्धी मापदण्डहरू निर्धारण गरी कार्यान्वयनमा ल्याइएको छ ।
क्योटो प्रोटोकलअन्तर्गत कार्बन व्यापारबाट नेपालले आम्दानी प्राप्त गर्न सुरु गरिसकेको छ । विभिन्न ११ जिल्लामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रम कार्यक्रम सञ्चालन भइरहेको छ ।
यातायात सेवा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट व्यवस्थित भएको हुने, यातायात प्रशासनमा प्रक्रियागत सुधार तथा संस्थागत क्षमतामा वृद्धि भएको हुने, सवारी दुर्घटनालाई न्यूनीकरण गर्न अनुगमन प्रणाली संस्थागत भएको हुने, सिन्डीकेट प्रणालीको अन्त्य भएको हुने र समग्र यातायात क्षेत्रको गुणस्तर सुधार भएको हुनेछ । आर्थिक गतिविधि विस्तारका लागि लागत–प्रभावी, कुशल र भरपर्दो यातायात सेवाको भूमिका महत्वपूर्ण हुन्छ ।
तर, यो क्षेत्र आवश्यक पूर्वाधारको अभाव र आयातित पेट्रोलियम पदार्थमाथिको निर्भरताका कारण भरपर्दो र दिगो हुन सकेको छैन । सडक यातायातमा खनिजजन्य इन्धनमा पूर्ण रूपमा निर्भर रहेको हालको अवस्थामा ऊर्जाका अन्य विकल्पहरूबाट सञ्चालन गर्न सकिने सवारी साधनको प्रयोग गर्नुपर्ने अवस्था आइसकेको छ । साथै, यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित बनाई सुलभ तरिकाबाट नागरिकले मुलुकको कुनै पनि भूभागमा आवतजावत गर्न पाउने मौलिक अधिकारलाई संरक्षण गर्नु यस क्षेत्रसँग संलग्न सबैको कर्तव्य हो ।
सडक सञ्जालको विस्तार र सवारी साधनहरूको उपलब्धताले मात्र सार्वजनिक यातायात व्यवस्थित हुन नसक्ने हुँदा सर्वसुलभ, गुणस्तरीय र वातावरणमैत्री सेवाका लागि सरकारी निकायहरूको संस्थागत क्षमता अभिवृद्धिका साथै निजी क्षेत्रका यातायात व्यवसायीहरूको भूमिकालाई अझै बढी जिम्मेवार र यात्रुमैत्री बनाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्