पर्यटन प्रवद्र्धन गर्न सरकारले सहयोग गर्नुपर्छ : रिजाल «

पर्यटन प्रवद्र्धन गर्न सरकारले सहयोग गर्नुपर्छ : रिजाल

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि राज्यले सहयोग गर्नुपर्ने बताएका छन् ।
उपाध्यक्ष रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि राज्यले आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले विदेशमा पर्यटन प्रवद्र्धन गर्न ठूलो रकम चाहिने तर त्यसका लागि पर्यटन बोर्डसँग पर्याप्त रकम नभएको र सरकारले अनुदान दिनुपर्ने बताए ।
रिजालले पर्यटन बोर्डमा साना कामहरु गर्नका लागि भरपुर बजेट बजेट रहेको बताउँदै प्राकृतिक विपत्तिहरुको सामना गर्नु नपरे पर्यटन क्षेत्र चलायमान हुने बताए । उपाध्यक्ष रिजालले पर्यटन बोर्डले बजेटमा आएको पैसा खर्च गर्न नसक्दा सरकारलाई अर्बौं कर तिरिरहेको बताए ।
उपाध्यक्ष रिजालले नेपालमा अब कोरोना जस्ता प्राकृतिक विपत्ति कम भए पर्यटन क्षेत्रले गति लिने बताउँदै आन्तरिक कामहरु नियमित सञ्चालन गर्न पर्यटन बोर्डसँग पर्याप्त बजेट रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्