जनवरीमा ९१ हजार ७ सय पर्यटक «

जनवरीमा ९१ हजार ७ सय पर्यटक

सन् २०१९ को पहिलो महिनामा नै पर्यटक आगमन उत्साहप्रद रुपमा बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९१ हजार ७ सय ९३ पर्यटक नेपाल भित्रिएका छन् । हवाई मार्गबाट ७७ हजार ३ सय र स्थलमार्गबाट १४ हजार ४ सय ९३ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन २५।४ प्रतिशतले बढेको हो । बोर्डका अनुसार भारतीय पर्यटकको आगमन २०।६ प्रतिशतले र चिनियाँको आगमन १४ प्रतिशतमात्रैले बढेको छ । एक महिनामा भारतबाट १४ हजार ६ सय ५० र चीनबाट १३ हजार ६ सय ८८ पर्यटक नेपाल भित्रिएका छन् । भारतबाट हवाईमार्ग हुँदै नेपाल आउने पर्यटकलाई मात्र पर्यटक मान्ने गरिएको छ । तर, स्थलमार्गबाट ठूलो संख्यामा भारतीयहरू नेपाल आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्