माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको संरचना मर्मत सुरु «

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको संरचना मर्मत सुरु


निर्माण सम्पन्न चरणमा पुगेको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको संरचना मर्मत सुरु भएको छ । गत असारको पहिलो साता दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएको आयोजनाको संरचना मर्मत सुरु भएको हो ।
निर्माण सम्पन्न भइसकेर टनेलसमेत परीक्षण भएको २५ मेगावाटको सो आयोजनामा असार १ गते आएको बाढीले आयोजनाको बाँध क्षेत्रमा क्षति पु¥याएपछि पुनः मर्मत गर्नुपर्ने भएको हो । बाढीले बाँधक्षेत्रका अधिकाँश भाग पुरिनुका साथै संरचनामा क्षति पु¥याएको र सो मर्मतको काम सुरु भएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए ।
तत्कालीन समयमा आएको बाढीसँगै अधिकाँश स्थानमा पहिरो जाँदा बाँधक्षेत्रसम्म पुग्ने सडक पनि भत्किएको थियो । दसंै अघि सडक मर्मतको काम सम्पन्न गरी अहिले आयोजनाको संरचना मर्मतको काम सुरु भएको वस्तीको भनाइ छ । दसंैका बेला पनि केही मजदुरले निरन्तर काम गरिरहेको प्रवद्र्धक वस्तीले बताए । यसअघि नै संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले जेठ महिनाभित्रै व्यावसायिक विद्युत उत्पादन गर्नेगरी परीक्षण तयारी गरेको थियो ।
तर बाढीले संरचनामा क्षति पु¥याएपछि पुनः विद्युत उत्पादनको समय अनिश्चित बनेको छ । अव आयोजनाका सबै संरचना मर्मत गरेर विद्युत उत्पादन गर्न अझै केही महिना लाग्ने भएको छ । सम्भवतः आगामी चैत महिनासम्म आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन हुने आयोजना प्रवद्र्धक कम्पनी लिबर्टी इनर्जी प्रालिले जनाएको छ ।
अघिल्लो वर्ष पनि दोर्दी खोलामा आएको बाढी र त्यसपछि विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनको प्रभावका कारण निर्धारित समयभन्दा एकवर्ष बढी समय लगाएर आयोजना निर्माण सम्पन्नको चरणमा पुगेको थियो । अहिले पनि बाढीले क्षति पु¥याएपछि निर्माण अवधि पुनः एक वर्ष थपिने भएको छ ।
चैत महिनामा व्यावसायिक विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य भए पनि उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा जोड्न प्रशारणलाइन नहुँदा व्यावसायिक उत्पादनमा पनि ढिलाइ अनुमान गरिएको छ । दोर्दी करिडोरमै निर्माण सम्पन्न १३२ केभी राष्ट्रिय प्रशारण लाइनमा पनि बाढीले क्षति पु¥याएको र हालसम्म पुनर्निर्माणको काम सुरु हुन नसकेकोले व्यावसायिक विद्युत उत्पादन अनिश्चित बनेको छ ।
लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधीन सो आयोजनामा हेडवक्र्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकल लगायत अन्य संरचना निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको थियो । २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना अघिल्लो चैत मसान्तसम्म व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य राखिए पनि पटक–पटक निर्माणकार्य प्रभावित हुँदै आएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रशारण लाइनबाट मस्र्याङ्दी करिडोरको २२० केभी प्रशारण लाइनमा जोडिने छ । आयोजनाको बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युतगृहमा पु¥याई विद्युत उत्पादनको तयारी गरिएको छ ।
२०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र अघिल्लो वर्षको भदौमा आएको बाढीका कारण पनि निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ । रन अफ रिभर प्रविधिमा बनेको सो आयोजनाको चार अर्ब ६३ करोडभन्दा बढी रकम लागत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्