बाढीपहिरोले सडक र पुलमा २५ करोडभन्दा बढि क्षति «

बाढीपहिरोले सडक र पुलमा २५ करोडभन्दा बढि क्षति

कञ्चनपुर, २ कात्तिकः महाकालीको बाढीले क्षति पु¥याएको सडक लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पु¥याएको क्षति । बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै तटीय क्षेत्रमा जोखिम बढेको छ । तस्बिरः शेरबहादुर सिंह/रासस


पछिल्लो समय देशभर आएको अविरल वर्षासँगै बाढीपहिरोका कारण सडक तथा पुलमा करिब २५ करोड रुपैयाँभन्दा बढिको क्षति भएको छ । सडक विभागका अनुसार देशभर परेको वर्षाका कारण पुल तथा सडक गरेर प्रारम्भिक रुपमा करिब २५ करोड रुपैयाँभन्दा बढिको क्षति भएको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।
विभागका अनुसार बुधबारसम्म ५ राजमार्गका १२ स्थानमा यातायात अवरुद्ध भएको छ । विभागले अहिले नै क्षति भएको विवरण संकलन प्रारम्भिक भएकाले गर्दा यकिन गर्न नसकिने जनाएको छ । सडकमा बढी क्षतिको कारण नै औषत भन्दा अधिक वर्षाका कारण आएको अत्यधिक बाढी तथा पहिरोका कारण सडक अबरुद्ध हुनु रहेको महानिर्देशक थापाको भनाइ छ ।
साथै कोभिड महामारी नियन्त्रणका लागि भएको लकडाउनका कारण समयमै निर्माण व्यवसायीहरुले कार्य सम्पन्न गर्न नपाएकोले निर्माणाधीन पुलहरुमा क्षति पुगेको जनाइएको छ ।
पछिल्लो समय आएको वर्षाका कारण सबैभन्दा बढी डुम्रे–बेशीसहर–चामे, सुर्खेत तल्लो डुंगेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक,खोड्पे–चैनपुर (बझाङ) धनगढी–सहजपुर–वुडर–स्याउले, सातबाँझ–थाकतोली–दार्चुला–टिंकर, पुष्पलाल (मध्य पहाडी) राजमार्गमा क्षति पुगेपछि राजमार्ग अवरुद्ध भएका छन् ।
केही सडक एकतर्फी रुपमा खुला भए पनि पूर्ण रुपमा दुईतर्फी खुलाउन करिब १ साता लाग्ने विभागले जनाएको छ । यसअघि पनि जारी वर्षा सिजनमा सडक तथा पुलमा करिब २ अर्ब ५ करोड रुपैयाँको क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्