रिलायन्स लाइफइन्स्योरेन्सको धन वर्षा जीवन बिमा योजना «

रिलायन्स लाइफइन्स्योरेन्सको धन वर्षा जीवन बिमा योजना

रिलायन्स लाइफइन्स्योरेन्सले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’ सार्वजनिक गरेको छ ।
सो बिमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सवमा बिमांकको ५ प्रतिशत रकम भुक्तान गरिनेछ । उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बिमांक रकम बराबरको रक्षावरण समेत प्रदान गर्ने कम्पनली दावी गरेको छ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् ।
१५ वर्षको बिमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम वार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बिमांक् रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बिमा अवधिको समाप्तिमा अग्रिम वार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बिमांक रकम, आर्जित बोनस र बिमांक रकमको १० प्रतिशत थप र कम (एक पटकको लागि मात्र) प्रदान गरिने कम्पनीले जनाएको छ । यस योजनामा बिमाअवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बिमांक रकम र आर्जित बोनस प्रदान गरिने बताइएको छ ।
यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् । यो योजनाअन्तर्गत न्यूनतम बिमांक रकम एक लाख रुपैयाँ कायम गरिएको छ । यो योजनासँगै बिमितले थप न्यूनतम बिमा शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बिमाशुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्