नबिल बैंकमा ज्ञवालीको बढुवा

नबिल बैंकले मनोज ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । एक वर्षअगाडि नायब महाप्रबन्धकमा नबिल बैंक प्रवेश ज्ञवालीलाई बैंकले १४ महिनाको अवधिमै महाप्रबन्धक बनाएको हो ।
महाप्रबन्धक बनेसँगै ज्ञवालीले डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । नबिल बैंकमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने चलन छ । सुजित शाक्य र विनय रेग्मी अहिले डेपुटी प्रमुख कार्यकारी अधिकृत छन् । ज्ञवालीले पनि डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवालीले नेपाल राष्ट्र बैंकमा सात वर्ष काम गरेका थिए । राष्ट्र बैंकपछि उनी ग्लोबल आईएमई बैंकमा गएका थिए । ज्योति विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेको बेला उनी नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा भित्रिएका थिए ।