कोरियाको जीडीपी वृद्धि ३ प्रतिशत «

कोरियाको जीडीपी वृद्धि ३ प्रतिशत

बैंक अफ कोरियाले यो वर्षका लागि आर्थिक वृद्धि प्रक्षेपण बढाएको छ । आन्तरिक मागमा लगातारको सुधार र विस्फोटक अवस्थाको निर्यात वृद्धिको अपेक्षाबीच कोरियाको आर्थिक वृद्धि प्रक्षेपण बढाइएको हो ।
दक्षिण कोरियाको केन्द्रीय बैंकले कुल गार्हस्थ्य उत्पादन यो वर्ष ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यो अघिल्लो अनुमान २.९ प्रतिशतको दाँजोमा बढी भएको बीओकेका गभर्नर ली जु एओलले बताए ।
बीओकेले आफ्नो आधार दर अपरिवर्तनीय कायम राखेको छ ।
एसियाकै चौथो ठूलो अर्थतन्त्रको पछिल्लो जीडीपी प्रक्षेपण सरकारको आर्थिक परिदृश्यकै लाइनमा रहेको छ ।
विश्वव्यापी अर्थतन्त्रमा आएको सुधारले निर्यात सकारात्मक हुने भएपछि जीडीपीको प्रक्षेपण बढाउने निर्णय बीओकेले गरेको लीले बताए ।

प्रतिक्रिया दिनुहोस्