कामना सेवा विकास बैंकको साधारण सभा २३ कात्तिकमा «

कामना सेवा विकास बैंकको साधारण सभा २३ कात्तिकमा

कामना सेवा विकास बैंकले कात्तिक २३ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ ।
कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले गत आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित १९.४७ प्रतिशत लाभांशसमेत पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजारको आधारमा १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत टुंग्याउनेछ । साथै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीमा जाने प्रस्तावलाई समेत कम्पनीले जनाएको छ ।
मर्जर तथा प्राप्ति प्रयोजनमा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्