जावा मोटरसाइकलको डिलर वीरगन्जमा «

जावा मोटरसाइकलको डिलर वीरगन्जमा

नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्निमोटोइंक प्रालिले वीरगन्जमा नयाँ डिलर एसआर मोटोकर्पको स्थापना गरेको छ ।
बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकल उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलरसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्