आइएमई जनरल इन्स्योरेन्स सम्मानित «

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

यही अक्टोबर ७ मा भारतको मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स सम्मानित भएको छ । कम्पनलाई एशियन बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०२१ बाट सम्मान गरिएको हो । कार्यक्रममा सहभागी कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्राहलाई सन्तुष्ट हुनेगरी सेवा दिएबापत कम्पनीलाई सफलता मिलेको बताए । उनले सम्मानले आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने हौसला मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्