कोका–कोलासँगको साझेदारीमा भाइबरको कस्टम दसैंलेन्स «

कोका–कोलासँगको साझेदारीमा भाइबरको कस्टम दसैंलेन्स

राकुटेन भाइबरले कोका–कोलासँगको साझेदारीमा कस्टम दसैंलेन्स ल्याएको छ । नेपाली भाइबर प्रयोगकर्ताहरूलाई भर्चुअल शुभकामना र भावनाहरू साटासाट गर्न सजिलो बनाउन कोका कोलाले कस्टम दशैँ लेन्स ल्याएको हो ।
भाइबरको कोकाकोला दसैं लेन्स अन्य धेरै रोचक फिचरहरूमध्ये पहिलो रहेको बताइएको छ । दसैं लेन्सले भाइबरका अन्य लेन्सहरूजस्तै एआर–इन्याबल्ड् भिडियो मेजेजिङ एन्ड फोटोज् सेवा प्रदान गर्दछन् ।
भाइबरका नेपाली प्रयोगकर्ताहरूका लागि नयाँ रोमाञ्चक फिचरहरू लक्ष्य राखेको छ । कस्टम दसैं लेन्सको प्रस्तुति उनीहरूको व्यावसायिक सहयात्राको पहिलो खुड्किलो रहेको कम्पनीको भनाइ छ ।
भाइबरसँगको सहकार्यमा कोकाकोलाले नेपाल र भुटानका कन्ट्री डाइरेक्टर, आदर्श अवस्थी, भन्छन्, “यो दसैंमा कोका कोला र भाइबरले पृथक, मनोरञ्जक र सान्दर्भिक लेन्स प्रस्तुत गर्न हातेमालो गरेका छन् । हाम्रो पेय पदार्थले जस्तै यी लेन्सले पनि पक्कै प्रयोगकर्ताहरूका कुराकानीमा उत्साह, उमंग ल्याउनेछन् ।”
प्रयोगकर्ताहरूले च्याटमा भाइबरको क्यामेरा लन्च गरी उपलब्ध लेन्स छान्न सकिन्छ । आफ्नो कृतज्ञता, प्रेम व्यक्त वा क्यामरामा अविष्मरणीय क्षण कैद गर्दै एक भिडियो वा तस्वीर लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्