सिरहामा महिला उद्योगी व्यवसायी बढ्दै «

सिरहामा महिला उद्योगी व्यवसायी बढ्दै

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ का सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैका चोकमा जेनरल स्टोर्स सञ्चालन गरिहरहेकी छिन् ।
गत भदौ २१ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सुनिता जेनरल स्टोर्स दर्ता गराएकी उनी यतिबेला असल गृहणीसँगै व्यवसायी पनि बन्ने अभियानमा जुटेकी छिन् । सुनिता र पिङ्की मात्र नभइ सरकारले उद्योग र व्यवसायी दर्ता दस्तुरमा महिलालाई छुट दिएपछि जिल्लामा महिला उद्योगी व्यवसायीको संख्या बढ्दै गएको छ ।
कुनै बेला महिलालाई सञ्चालक बनाएर उद्योग दर्ता गराउने संख्या न्यून रहेको जिल्लामा विगत केही महिनायता महिलालाई नै मुख्य सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको हो ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी महिला सञ्चालक भएको एक करोडसम्मको कारोबारको उद्योग व्यवसायीको दर्तामा २०० रुपैयाँमात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि जिल्लामा प्रायः महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दत्र्ता गराउने क्रम बढ्ेको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्र यादवले जानकारी दिए ।
करिब ९० प्रतिशत उद्योग व्यापार महिलाकै नाममा दर्ता हुने गरेको उनकोे भनाइ छ । पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउँदा बढी दस्तुर लाग्ने भएकाले महिलालाई मालिक बनाएर व्यापार दर्ता गराउने क्रम बढेको छ ।
त्यही व्यापार पुरुषको नाममा दर्ता भए कारोबारको हिसाबले २५ हजारसम्म दर्ताबापत दस्तुर लाग्ने तर महिलालाई २०० रुपैयाँसम्म मात्र दस्तुर लाग्ने गरेकोले महिलाको नाममा उद्योग व्यापार दर्ता गराउने गरेको प्रमुख यादवको भनाइ छ ।
कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनाका अवधिमा जिल्लामा ३३६ नयाँ व्यावसायिक फर्म दर्ता भएको छ । तीमध्ये २६५ व्यवसायको मालिक महिला नै छन् । यस्तै सो अवधिमा जिल्लामा दर्ता भएको १५६ उद्योगमध्ये १०८ को मालिक अर्थात सञ्चालक महिला छन् भने बाँकीको मात्र पुरुष रहेको जनाएको छ । नयाँ दर्ता भएका व्यवसायतर्फ अधिकांश जेनरल स्टोर्स छन् भने वाणिज्य अर्थात उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालन बढिरहेको छ ।
यसले पनि पछिल्लो समय महिलालाई उद्योग व्यवसायको मालिक बनाउने क्रम बढेको पुष्टि गरेको छ ।
सरकारले महिलाको नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुतमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसायी दर्ताका लागि कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाले उद्योग व्यवसायमा ऋण लगानी सहज बनाएका कारण पनि यस्ता घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउने क्रम बढ्ेको जनाइएको छ ।
घरकै काममा मात्र सीमित रहँदै आएकी महिलालाई विस्तारै उद्योग पहिला पहिला महिलालाई उद्योग व्यापारको मालिक बनाउनुहुँदैन भन्ने समाजमा मानसिकता थियो । अहिले त्यो मानसिकता हट्दै गएकोले महिलालाई उद्योग व्यापारको मालिका बनाउन थालिएको स्थानीय बुद्धिजीवीको भनाइ छ ।
लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक अमात्यले भने, “पुरुष प्रधान समाजमा महिलालाई मालिक बनाउने संस्कार पहिला थिए । अहिले महिलालाई सुविधा दिन थालेपछि समाजमा रुपान्तरण हुन थालेको छ, यसैको परिणामस्वरुप महिलालाई मालिक बनाउन लागिएको हो ।” सुरुमा उद्योग व्यापारको मालिक केबल पुरुष मात्रै अधिकांश हुँदा संघमा महिलाको संख्या एकदमै न्यून थियो, अब विस्तारै बढ्न थालेको उनकोे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्