जिल्ला अस्पताल स्तरोन्नति गरिने «

जिल्ला अस्पताल स्तरोन्नति गरिने

सञ्चालनमा आएको एक शताब्दीपछि धनकुटा जिल्ला अस्पताल स्तरोन्नति गरिने भएको छ । वि.सं १९७० सालमा त्रिचन्द्र अस्पतालका नामबाट सेवा सुरु गरेको धनकुटा अस्पताललाई एक सय शैया क्षमताको बनाइने भएको हो ।
प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले धनकुटामा आयोजित कार्यक्रमा धनकुटा जिल्ला अस्पताल स्तरोन्नति गरी एक सय शैया क्षमताको अस्पताल बनाउन उद््घाटन गरेका छन् । १५ शैयामा क्षमतामा सञ्चालित पुरानो जिल्ला अस्पताल स्तरोन्नति गरी एक सय शैया क्षमताको बनाइने भएको हो ।
अस्पताल उद्घाटन गरिए पनि आवश्यक दरबन्दी र पूर्वाधार कस्तो रहने भन्ने टुुंगो लागेको छैन । उद््घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले अस्पताल स्तरोन्नतिका लागि बजेट, पूर्वाधार, उपकरण र जनशतिm व्यावस्थापन गर्दै लगिने बताए ।
उनले धनकुटा अस्पताललाई क्रमिक रूपमा स्तरोन्नति गर्दै शिक्षण अस्पतालको रूपमा रूपान्तरण गर्ने प्रतिबद्धतासमेत जनाए ।

प्रतिक्रिया दिनुहोस्