पहिरोले सडक अवरुद्ध «

पहिरोले सडक अवरुद्ध

लगातारको वर्षाका कारण धनकुटाका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरो र बाढी आउँदा धनकुटाको महालक्ष्मी नगरपालिकाको माङ्गमागे खोलामा आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
त्यस्तै भेडेटार मूलघाट सडक खण्डको घण्टेमा बाढीले बाटो बगाउँदा सवारी साधन आवागमन अवरुद्ध बनेको छ । त्यस्तै पाख्रिवास नगरपालिको डिकुरेमा समेत पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक दिपककुमार रायले बताए । धनकुटाका अधिकाशं स्थानमा अहिले पनि वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्