रुबी खानको अनसन तोडियो «

रुबी खानको अनसन तोडियो

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माइतीघरमा अनसन बसेकी महिला अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छन् ।
पीडितको न्यायका लागि भन्दै १२ दिन यता अनसनरत महिला अधिकारकर्मी रुबी खानले सरकारले गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएसँगै अनसन तोडेकी हुन् । सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी उपरिक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, बाँकेका महम्द शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य अधिकृत छन् । उनलाई मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन् । अनसन तोडेपछि उनले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाको जित भएको बताइन् ।
न्यायका लागि रुबी खान लगायतको टोलीले आमरण अनसन बसेको १२ दिनमा अनसन तोडेको छ । आयोगले अपराधीलाई कानून बमोजिमको सजाय दिलाउने विश्वास दिएपछि खानले आमरण अनसन तोडेकी हुन् । उनले प्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै कारबाहीको माग समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्