सांग्रिला डेभलपमेन्ट बैंक र ब्लुक्रस हस्पिटलबीच सम्झौता «

सांग्रिला डेभलपमेन्ट बैंक र ब्लुक्रस हस्पिटलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रालिबीच बैंकका कर्मचारी, सेयरधनी तथा ग्राकहवर्गहरूलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरूले बैंकको हाल सञ्चालनमा रहेका ८० वटै शाखाका ग्राहकहरूलाई ब्लुक्रस हस्पिटल प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवाहरूमा विशेष छुट पाउने छन् । यसरी बैंकले आफ्ना ग्राकहरूलाई बैंकिङ सेवाको अतिरीक्त ब्लुक्रस हस्पिटल प्रालिले प्रदान गर्ने स्वास्थ्यसम्बन्धी विभिन्न उपचारहरूमा पनि विशेष छुट दिलाई सहयोग गर्न लागेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्