Logo

महाकालीमा ९० वर्षयताकै ठूलो बाढी

s~rgk’/, @ sflQsM dxfsfnLsf] af9Ln] Iflt k’¥ofPsf] ;8s nuftf/sf] jiff{kl5 dxfsfnL gbLdf cfPsf] af9Ln] s~rgk’/sf] eLdbQ gu/kflnsf–!@ cf]bfnLl:yt lgdf0ff{wLg rf/ n]gsf] k’n;Fu} ag]sf] ^ n]gsf] ;8sdf k’¥ofPsf] Iflt . af9Ln] sfnf]kq] ul/Psf] ;8s aufpg’sf ;fy} t6Lo If]qdf hf]lvd a9]sf] 5 . tl:a/M z]/axfb’/ l;+x÷/f;;


महाकाली नदीमा ९० वर्षयताकै ठूलो बाढी आएको विपत व्यवस्थापन विज्ञहरुले बताएका छन् । बाढी पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार मंगलबार महाकालीको परिगाउँमा बाढीले खतराको तह ९.०३ मिटर पार गरेको थियो ।
केही दिनयताको निरन्तर वर्षाले महाकाली, कर्णाली, पश्चिम सेती र आसपासका नदी तथा खोलामा बाढीको बहाव उच्च भएको छ । बाढीले महाकाली र कर्णालीमा खतराको तह पार गरेको छ ।
बंगालको खाडीमा विकास भएको न्यून चापीय वायुको प्रभाव उत्तरपश्चिम सर्ने क्रममा र अफगानिस्थान र पाकिस्तानमा देखिएको पश्चिमी वायु र त्यसको असरले नेपालको पनि मौसम प्रभावित भएको छ । मंगलबार अपराह्नदेखि सुदूरपश्चिममा वर्षाको मात्रा घट्दै गए पनि पूर्विय क्षेत्रमा भने बिहीबारदेखि मात्रै मौसममा सुधार आउने मौसम विज्ञको भनाइ छ ।
मंगलबार र बुधबार प्रदेश १, २ र बागमती प्रदेशको पूर्व र उत्तरतर्फको भेग र गण्डकी प्रदेशको पश्चिमतर्फको भेगमा भारी वर्षा हुने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबारदेखि सुधार हुने महाशाखाले बताएको छ ।
मंगलबारदेखि पूर्वका कन्काई, तमोर, दूधकोशी, अरुण नदी, चुरे क्षेत्र हुँदै बहने अन्य खोला नदीमा बाढीको जोखिम रहने बाढी शाखा प्रमुख श्रेष्ठले बताए । उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका खोला र खहरेमा पनि बाढीको बहाव बढ्ने छ ।
महाशाखाका अनुसार खतराको तह ७ मिटर र सतर्कता तह ५.८ मिटर हो । बाढीको प्रत्यक्ष प्रभाव कञ्चनपुरको भिमदत्तलगायत आसपासका भेगमा देखिएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
महाकाली र जोगबुढा नदीको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र चाँदनी दोधाराका दुई सय भन्दा बढी घर डुबानमा परेका छन् । विगत २४ घण्टामा डडेलधुराको साहुखर्क जलाधार क्षेत्रमा ३६१ मिलिमिटर वर्षा भएको छ । डडेलधुराका धेरै भेगमा १९० मिलिमिटर भन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद्का अनुसार २४ घण्टामा दुई सय मिलिमिटर भन्दा बढी वर्षा भएमा अति भारी, एक सय देखि दुई सय मिलिमिटरलाई ‘धेरै भारी’ र ५० देखि एक सय मिलिमिटरलाई ‘भारी वर्षा’ मानिन्छ । मुलुकभरका दुई सय १५ वटा वर्षा मापन केन्द्रमध्ये २४ घण्टामा दुई सय नौ केन्द्रमा वर्षा भएको विभागको तथ्यांक छ । ३६ वटा केन्द्रमा एक सय मिलिमिटरभन्दा बढी, १५ वटा केन्द्रमा एक सय ५० भन्दा बढी, पाँच वटा केन्द्रमा दुई सय मिलिमिटर भन्दा बढी वर्षा भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्