पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु «

पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

पहिरोले घर पुरिँदा धरानमा दुई जना बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईकी ८ वर्षीया छोरी निसु राई र ४ वर्षीय छोरा निहान राई रहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मंगलबार दिउँसो पौने २ बजे घरमाथिबाट पहिरो झर्दा उनको एक तले टिनको छाना भएको घर पुरिँदा बालबालिकाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्