ब्याजदर १० प्रतिशतमात्र तलमाथि गर्न पाइने «

ब्याजदर १० प्रतिशतमात्र तलमाथि गर्न पाइने

नेपाल राष्ट्र बैंकले ब्याजदर बृद्धिमा हस्तक्षेप गर्दै बुधबार कात्तिकको ब्याजदर पुन निर्धारण गर्न निर्देशन जारी गरेको छ । नयाँ ब्याज असोजमा तय भएको ब्याजदरभन्दा १० प्रतिशत तल वा माथिमात्र हुनसक्ने गरि मंगलबार अबेर जारी गरेको निर्देशनका अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गर्दै ब्याजदर बृद्धिमा हस्तक्षेप गरेको हो ।
राष्ट्र बैंकका अनुसार बैंकहरुले अबदेखि ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन पाउने छैनन् । साथै, व्यक्तिगततर्फको मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने छ ।
निर्देशनका अनुसार बैंक तथा वित्तीय संस्थाले कात्तिक महिनाका लागि प्रकाशित गरिसकेको ब्याजदर समेत संशोधन गर्नुपर्नेछ । निर्देशनले कात्तिक ३ गतेभित्र आफ्नो वेवसाइटमा सार्वजनिक गरी सोही मितिबाट लागू गर्न पनि बताएको छ । यस्तो ब्याजदर कात्तिक ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाश गर्नुपर्नेछ ।
लगानी योग्य तरलताको अभावमा बजारमा निक्षेप खोसाखोस हुन थालेका कारण ब्याजदर बढेको छ । निजी क्षेत्र पनि बढ्दो ब्याजदरका कारण लगानी खुम्चनेमा चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्