पल्सर राईड मेनिया नारायणगडबाट मादीसम्म «

पल्सर राईड मेनिया नारायणगडबाट मादीसम्म

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले मोटरसाइकल राईडिङ इभेन्ट ‘पल्सर राईड मेनिया’ आयोजना गरेको छ । बजाजले माघ २७ गते उक्त -याली आयोजना गरेको थियो ।
पल्सर राईड मेनियामा नारायणगढका पल्सर राईडरहरुले सहभागिता जनाएका थिए । उक्त राईड मेनिया नारायणगढबाट शुरु भएर मादीमा पुगेर समापन भएको थियो ।
पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया बजाज मोटरसाइकल नारायणगढका लागि आधिकारिक वितरक एनके मोटर्सले नारायणगढबाट शुरु भएर नयाँ–नयाँ गन्तव्यमा राईडर्सलाई लैजाने छ ।

प्रतिक्रिया दिनुहोस्