अनुपम खेरद्वारा साँगास्थित कैलाशनाथ महादेवको हेलिकप्टरबाट दर्शन «

अनुपम खेरद्वारा साँगास्थित कैलाशनाथ महादेवको हेलिकप्टरबाट दर्शन

आप्mनो नयाँ फिल्म “उँचाई” को छायांकनका शिलशिलामा नेपालमा रहेका बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथको दर्शन गर्नुका साथै विभिन्न परोपकारी कार्य पनि गरेका छन् । यसै क्रममा सोलुखुम्बुको नाम्चेबजारबाट काठमाण्डौ फर्किने क्रममा साँगा स्थित विशालकाय कैलाशनाथ महादेवको मूर्ति नजिकबाट दशृन गरेका छन् । उक्त यात्राका दौरान शिवको प्रतिमा नजिक पुग्दा खुशी भई जोरका साथ “ओम नमः शिवाय!!” तथा “जय भोलेनाथ!!” उच्चारण गरी महादेवको दर्शन गरेका उनले हेलिकप्टरबाट काठमाण्डौ फर्कने क्रममा खिचिएको उक्त भिडियो आप्mनो ईन्टाग्राममा पोष्ट समेत गरेका छन् । चलचित्र “उँचाई” छायांकनका लागि उनीसँगै परिणीति चोपडा तथा बोमन ईरानी पनि अहिले नेपालमा छन् भने अमि¬¬¬ताभ बच्चन पनि छिट्टै नेपाल आउने योजना रहेको छ । हिलटेक समूहले साँगामा निर्माण गरेको संसारकै अग्लो शिवको उक्त मुर्ति हाल धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्