Logo

फुटसलले जोडेको आत्मीयता

Football.

भनिन्छ, मानिसहरूको सम्बन्ध हरेक परिस्थितिसँग गाँसिएको हुन्छ । कसैको भावनात्मक रूपमा, कसैको पारिवारिक सम्बन्धबाट मानिसहरूको आ–आफ्नो सम्बन्ध गाँसिएको हुन्छ । यसको कथनलाई व्याख्या गर्ने हो भने यसको लामो इतिहास छ ।
तर, धेरै आत्मीयताहरू त विभिन्न खेलकुदको माध्यमबाट पनि जोडिएका छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्मा मात्र खेलकुदले मानिसहरूबीच मात्र आत्मीयता जगाएको छैन, यसले त मुलुक–मुलुकबीच पारस्पारिक सम्बन्धसमेत कायम गरेको छ । खेलको माध्यमबाट दाजुभाइजस्तो भाइचारा सम्बन्ध कायम गरेको छ ।
गतिलो उदाहरणका लागि गत हप्ता नेपालीहरूको महान् चाड विजयादशमी अर्थात् असोज २७ गते अष्टमीको दिनमा दर्शना मिडिया हाउसले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा दसैं फुटसल आयोजना गरेको थियो । एकआपसमा दसैंको शुभकामना आदानप्रदान तथा ‘खेल खेलौं, स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ मिडियाले फुटसल आयोजना गरेको हो ।
कोरोना महामारीले साथीभाइबीच लामो समयसम्म भेटघाटको दूरी बढाएको अवस्थामा आज हाम्रो दर्शना मिडिया हाउसले फुटसल आयोजना गरेको र त्यो टाढिएको दूरीलाई नजिक बनाएको छ ।
जितहार जसको भए पनि विभिन्न तह र तप्कामा रहेका वा व्यावसायिक दुनियाँमा रहेका हाम्रा स्थानीय दाजुभाइलगायतलाई आज एउटै फुटसल कोर्टमा गोलबद्ध रूपमा भेट गराएर आफ्नो आत्मीयता तथा दसैंको शुभकामना साटासाट गर्न पाउँदा मलगायत हामी दर्शना मिडिया हाउसका साथीहरू निकै खुसी भएको आयोजक विकास गिरीले बताउनुभयो ।
उहाँले टिम महाकालीको ग्रुप ‘ए’मा ११ जना, टिम ‘बी’ चामुण्डाको गु्रपमा ११ जना, टिम ‘सी’ कालभैरवको ग्रुपमा १० जना र टिम ‘डी’ भद्रकालीको गु्रपमा ११ जना गरी ४ वटा ग्रुप बनाई फुटसल खेलाएको बताउनुभयो । सहभागी सबै जनाको खेल उत्तिकै निकै प्रतिस्पर्धात्मक रहेको थियो ।
त्यस्तै आयोजक सिद्धार्थ केसीका अनुसार यसरी सबै जनाको कार्यव्यस्तताका बीच पनि फुटसलको आयोजना हुनुमा हामी आफैंको गौरवको कुरा पनि हो र अत्यन्तै खुसीको कुरा पनि हो । यसरी सबैलाई समेटेर फुटसल आयोजना गरी एउटा भाइचारा सम्बन्ध कायम होस्, दाजुभाइबीच आत्मीय सम्बन्ध कायम हुनुका साथै खेलकुदलाई प्रोत्साहन गर्नु पनि मुख्य उद्देश्य रहेको छ भने हाम्रो सबै स्थानीय दाजुभाइलाई साझा थलोका रूपमा स्थापित गरी एकआपसमा शुभकामना आदानप्रदान गरी खुसी साट्नु पनि प्रमुख कुरा रहेको उहाँ बताउनुहुन्छ ।
त्यस्तैगरी शान्तिदीप युवा क्लबका अध्यक्ष रोमन खड्काका अनुसार दसैंजस्तो महान् चाडमा सबै जना मानिसहरूको आ–आफ्नै व्यस्तताका बीच केही स्थानीय दाजुभाइहरूलाई समेटेर आयोजना हुनु निकै खुसीको कुरा हो । यसले धेरै लामो समयसम्म भेट नभएका दाजुभाइसँग भेट हुने सनौलो अवसर पनि रहेकाले यस फुटसलको आयोजनाले अझ दाजुभाइबीच आत्मीय सम्बन्ध कायम हुनुका साथै भाइचारा सम्बन्धलाइ पनि निरन्तर अगाडि बढ्न मद्दत मिल्ने बताउनुहुन्छ ।
दर्शना मिडियाले आयोजना गरेको यस फुटसल प्रतियोगिताको प्रमुख अथितिका रूपमा बोल्दै कारोबार अनलाइन टिभीका समाचार वाचक गोविन्द चापागाईंले यस फुटसलले एउटा खेलका रूपमा मात्र प्रस्तुत गरेको छैन, खेलमा जितहार जसको पनि हुन्छ, महŒवपूर्ण कुरा त हामी स्थानीय दाजुभाइलाई यस खेलको माध्यमबाट गोलबद्ध रूपमा सहभागी गराएर आत्मीयता बढाएको छ भने भाइचारा सम्बन्धसमेत कायम भएको छ । आयोजक टोलीलाई, सहभागीहरूलाई दसैंको शुभकामना र धन्यवाद दिँदै विजेता उपविजेता आयोजक सहभागीहरूलाई चापागार्इंले ट्रफी, दर्शनाको मायाको चिनो र मेडलसहित सम्मानित गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्