रिचार्जर एपमा थपियो आधादर्जन नयाँ फिचर, प्रणय दिवसमा आइफोन एक्स उपहार «

रिचार्जर एपमा थपियो आधादर्जन नयाँ फिचर, प्रणय दिवसमा आइफोन एक्स उपहार

धेरैभन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधादर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आइफोन एक्स उपहार योजनासमेत सार्वजनिक गरेको छ । रिचार्जरले भ्यालेनटाइन डेको अवसर पारेर यसका प्रयोगकर्तालाई गोलाप्रथाबाट आइफोन एक्स प्रदान गर्ने घोषणा गरेको छ । जसका लागि भने कम्पनीले केही शर्त तोकेको छ । कम्पनीका प्रमुखकार्यकारी अधिकृत निराजन सिंहकाअनुसार आइफोन एक्सको लक्की ड्रमा सहभागी हुनका लागि गुगलले वा एप्पलको एप स्टोरबाट रिर्चाजरको एप डाउनलोड गरेर खाता खोल्नुपर्ने हुन्छ । त्यसपछि रिर्चाजरको फेसबुक पेज लाइक गर्नुपर्नेछ । यसका साथै कम्तीमा १५ जना साथीहरुलाई फेसबुकमा रिफरल ट्याग गर्नुपर्ने छ । १५ जनाभन्दा बढी साथीहरुलाई रिर्चाजरको एप रिफरल ट्याग गर्नेहरुमध्येबाट गोलाप्रथा गरी एक जनालाई आइफोन एक्स वितरण गरिनेछ ।
यो योजना फेब्रुअरी १२ देखि १८ तारिखसम्म चल्नेछ । फेब्रुअरी १८ अर्थात् फागुन ७ गते फेसबुक लाइफमार्फत आइफोन एक्सको विजेता छनौट गरिने सिंहले जानकारी दिए । साथै रिर्चाजरले आफ्नो इकमर्श सेवाविस्तार गर्ने क्रममा झन्डै आधादर्जन बढी नयाँफिचर समेत थप गरेको जनाएको छ । अब रिर्चाजर एपमार्फत नै पानी, बिजुली, इन्टरनेटको बिल पनि भुक्तान गर्न सकिनेछ । साथै इन्स्योरेन्सको किस्ता तथा होटल बुकिङको सेवासमेत थप गरिएको छ । अधिकांश भुक्तानी सेवामा अतिरिक्त छुटको साथमा क्यास ब्याकसमेत उपलब्ध गराइने सरचार्जरले जनाएको छ । ‘एप एक सुविधा अनेक’भन्ने नारालाई केन्द्रमा राखेको मल्टीफंसन अनलाइन सपिंगहब रिचार्जरमा जुनसुकै सेवा तथा उत्पादन सेवाग्राहीले तुरुन्तै पाउने छन् । ‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिङ गर्दा २० भन्दा बढी बैंकको ई–बैंकिङ, ई–सेवा, आईएमई पेलगायतका गेटवेका साथै मास्टर तथाभिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्