सिटिजन्स बैंकले बोलायो साधारणसभा «

सिटिजन्स बैंकले बोलायो साधारणसभा

citi

सिटिजन्स बैंक इन्टरनेशनलले यही कात्तिक १६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले प्रस्तावित कुल १६ प्रतिशत लाभांशसहित गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नेछ । बैंकको गत असोज ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा १२.९१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.०८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्तापुँजी १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रुपैयाँ रहेको छ । सोही पुँजीको आधारमा बैंकले लाभांश वितरण गर्ने भएको हो ।
बैंकले यस वर्ष विगत तीन आर्थिक वर्ष यताकै उच्च लाभांश वितरण गर्न लागेको हो । आर्थिक वर्ष २०७३/०७४ मा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले त्यसपछिकै सर्वाधिक लाभांश यो वर्ष घोषणा गरेको हो । अघिल्ला तीन आर्थिक वर्ष २०७४/०७५ मा ३.६२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०७५/०७६ मा ३ प्रतिशत बोनस सेयर र १२ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भने बैंकले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
लाभांश प्रस्तावसँगै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिकको विषय पनि सभाले तय गर्नेछ । साथै सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व हुने गरी दुई जना सञ्चालक निर्वाचनको विषय पनि सभाका लागि तय भएको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँगै मर्जर तथा प्राप्ती प्रयोजनमा जाने भएमा पनि त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्