नेपाल बैंकको डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम «

नेपाल बैंकको डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम

रामेछाप जिल्लाको लिखुतामाकोसी गाँउपालिका– ६ को आयोजना र नेपाल बैकको सहकार्यमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना भएको छ ।
उक्त कार्यक्रमको बागमती प्रदेशका वन, वातावरण तथा उद्योग मन्त्री शान्तिप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा मन्त्री पौडेलले आर्थिक विकासको लागि सरकार र बैकिङ क्षेत्रको सहकार्यको अनिवार्य आवश्यकता रहेको बताए । नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले ग्राहकले बैंकप्रति देखाएको विस्वासले नै बैंकले सफलता हासिल गरेको बताए । उनले ग्राहकको चाहना अनुसार बैंकले आफ्ना सेवाहरुलाई समयसापेक्ष बनाउँदै लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्