ग्लोबल आइएमई बैंकका तीन शाखारहित बैंकिङ सेवा सञ्चालन «

ग्लोबल आइएमई बैंकका तीन शाखारहित बैंकिङ सेवा सञ्चालन

ग्लोबल आइएमई बैंकले तीन नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी तीन शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६० पुगेको छ ।
बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका–७ पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाँउपालिका–२ सरदेवा र मोरङ जिल्लाको कटहरी गाँउपालिका–४ नयाँबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । पञ्चमी बजारमा खोलिएको सेवाको लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि बिमला टण्डन र नयाँबजारमा खोलिएको सेवाको लागि दिपेन्द्रकुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका सर्वसाधारणले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने,रेमिट्यान्स सेवा लिने र विभिन्न सेवा प्रदायकहरुको बिल तथा महसुलभुक्तानीसमेत गर्न सकिने बैंकले जनाएको छ ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको बैैकले जनाएको छ ।
‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २६० शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्