वार्षिकोत्सवमा एभरेष्ट बैंकको स्वास्थ्य शिविर «

वार्षिकोत्सवमा एभरेष्ट बैंकको स्वास्थ्य शिविर

एभरेष्ट बैंकले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ ।
रगतको बढ्दो माग आपूर्तिका निम्ति अधिकांश कर्मचारीहरुका साथै ग्राहकसँग सक्रिय भई रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा धेरै ग्राहक तथा कर्मचारीको सहभागी रहेको बैंकले जनाएको छ ।
रगतको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले बैंकका ५० भन्दा बढी कर्मचारी तथा ग्राहकले रक्तदान गरेका थिए । त्यसैैगरी १०० भन्दा कर्मचारी तथा ग्राहकले निःशुुल्क जाँच शिविरबाट वरिष्ठ चिकित्सकबाट पोस्ट कोभिडको बारेमा आवश्यक परामर्श लिएका छन् ।
बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीलाई सम्मान गरेको छ । यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिकासँग शंखमूलस्थित घाटमा विद्युतीय शवदाह उपकरण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौता पत्र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनबीच सहमतिपत्र आदानप्रदान गरिएको थियो । यसै अवसरमा बैंकले बानेश्वर स्थित शाखाका एक जना पुराना ग्राहकलाई अभिनन्दन पनि गरेको छ ।
स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाईको बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहक रहेको बताइएको छ । यस्तै देशैभरी छरिएर रहेका १०५ शाखा सञ्जाल, १३८ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस् बैकिङ सुविधा प्रदान गर्दै आएको बैंकको दावी छ ।

प्रतिक्रिया दिनुहोस्