गुजाराका लागि शरीर बेच्दै भेनेजुयलियन महिला «

गुजाराका लागि शरीर बेच्दै भेनेजुयलियन महिला

कुकुटा-भेनेजुयलाको मानविय संकटको प्रमाणको रुपमा याहाँका महिलाको अनुहारले बताउन थालेको छ ।
उनीहरुको बोलीमा पीडा र आखामा उदासिनता देखिन थालेको छ । २ वर्ष अगाडि आफ्नी आमा र तीन छोराछोरी छोडेर सर्टिफाइड नर्स मारिजा भेनेजुयलाबाट कोलम्बिया गएकि थिइन् । अन्य व्यवसायीक करियरकासाथ गएका अन्य आप्रवासीसँगै उनले आफ्नै करियर अनुसारको काम पाउने अपेक्षा गरेकि थिइन् । तर उनले सरसफाई गर्ने काम मात्रै पाइन । यो कामका लागि मारिजाले आफुलाई कठिन निर्णय गर्नु परेको अवस्थामा पाइन् ।
“कामको शिलशिलामा मैले आज एक त भोली अर्को पुरुष फेला पार्ने गरेको छु,” उनले आफ्नो यौन व्यवसायको वृत्तान्त बताइन् । यो सहज नभएको र जोखिमपूर्ण पनि भएको दुखेसो उनले व्यक्त गरिन् ।
शिक्षाका लागि आफुले खर्चेको समय र नर्स हुन असक्षम भएकाप्रति उनले निराशाको बोली बोलेकि छन् । “यो निराशाजनक छ । मैले आफ्नो शिक्षाका लागि पाँच वर्षको समय बिताएकि थिए । मलाई लाग्छ मैले पाँच वर्षको समय गुमाए । म नर्सको काम गर्न सक्ने अवस्थामा छैन,” आखामा आसु टलपलाउदै उनले भनिन् ।
“घर फर्किउ त म महिला हु र मेरो करियर र सपना छ । तर भेनेजुयलाको अवस्था नियन्त्रण बाहिरको छ,” भावपूर्ण स्वरमा उनले भनिन् ।
सर्टिफाइड नर्सको हैसियतमा १५ दिनको कामबाट गरिएको आम्दानीले उनलाई १ झोला पिठो किन्नका लागि मात्रै पर्याप्त हुन्छ ।
मारिजाका अनुसार भेनेजुयलामा मानिसहरुले स्टोर बाहिरनै रात बिताउने गरेका छन् । त्यसपछिको विहानीमा केही पाउने आशामा उनीहरुले प्रत्येक रात बिताउने गरेका छन् । यो मुलुकमा एक टिकटका साथ उपभोक्ता त्यो दिन स्टोरबाट के वितरण हुन्छ भन्ने आशामा बस्नु परेको अवस्था रहेको उनले बताइन् ।

 सीएनएन

प्रतिक्रिया दिनुहोस्