ताप्लेजुङ अस्पतालको स्तरोन्नति «

ताप्लेजुङ अस्पतालको स्तरोन्नति

ताप्लेजुङको जिल्ला अस्पतालको स्तरोन्नति कार्य सुरु भएको छ । पन्ध्र श्ययादेखि ५० श्ययामा स्तरोन्नति गर्ने कार्य शुभारम्भ गरिएको हो ।
प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले जिल्ला अस्पतालमा सोमबार आयोजित कार्यक्रममा स्तरोन्नति कार्यको शुभारम्भ गरेका हुन् । प्रत्येक स्थानीय तहमा चिकित्सकको दरबन्दीसहितको संरचना र आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्न सरकार लागिपरेको मन्त्री सम्सोहाङले बताए ।
जटिल रोगका लागि मात्र जिल्ला बाहिर उपचारका लागि पठाउनका लागि आवश्यक उपकरण र थप दक्षजनशक्ति प्रदेश सरकारको समन्वय एक महिनाभित्र जिल्ला अस्पतालमा उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे । विगतमा १५ श्यया अस्पताल हँुदा बिरामीको भुइँमै राखेर उपचार गर्दै आएको जिल्ला अस्पतालकी डाक्टर अनिता वाइबाले बताइन् । तर अब ५० श्यामा भएमा जिल्लामै नागरिकले सहज उपचार पाउने वाइबाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्