खाने तेलको आयातमा भारतले भन्सार घटायो «

खाने तेलको आयातमा भारतले भन्सार घटायो

भारत सरकारले गत बुधबारदेखि खाने तेलको भन्सारमा लाग्ने शुल्क घटाएको छ । भारतले एक महिनायता कच्चा तेलको भन्सार महसुल दोस्रो पटक घटाएको हो। एक महिनाअघि तीनवटै कच्चा तेलको भन्सार महसुल ३० प्रतिशतबाट घटाएर २४ दशमलव ७५ प्रतिशत बनाइएको थियो।
भारतले यसरी कच्चा पाम आयल, सोयाबिन तथा सुर्यमुखी तेलमा भन्सार घटाएपछि भन्सार दर फरक भएका कारण नेपालबाट निर्यात गरि फाइदा लिने ब्यवासयिीलाई भने असर पर्ने भएको छ । जसका कारण नेपालबाट भारततपर्फको निर्यात पनि घट्ने भएको छ । किनकि नयाँ ब्यवश्था अनुसार अब नेपालमा भन्दा भारतमै प्रशोधित तेल सस्तो पर्ने छ।
बुधबारदेखि लागू हुनेगरि भारत सरकारले कच्चा पाम आयलको भन्सार शुल्क २० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ । यस्तै सोयाबिन र सुर्यमुखीमा पनि ५ प्रतिशत कायम गरेको छ । भारतको केन्द्रिय भन्सार ब्युरोको अनुसार आगामी मार्च ३१ सम्म आयातमा कुनै शुल्क नलाग्ने तर, तयारी भएका सोयाबिन तेल तथा सुर्यमुखीमा भने आयात शुल्क पुरानै लाग्ने छ । जसबाट भन्सार दरको फरकको फाइदा उठाउँदै निर्यात गर्ने नेपालका तेल उद्योगमा प्रतक्ष्य असर पर्ने छ ।
तेलका कारण नेपालको निर्यात बढेको भएतापनि यो दीर्घकालीन नहुने अर्थविद्हरुले बताउँदै आएका थिए ।
तेस्रो मुलुकबाट आयात गरिएको कच्चा तेल प्रशोधन गरेर भारत निर्यात गर्दा भन्सार दर फरक परेकै कारणमात्र नेपालका तेल उद्योगीलाई फाइदा भएको थियो ।
अब भारतले भन्सार घटाएपछि नेपालबाट भारततर्फ हुने करिब ७० अर्बको निर्यात प्रभावित भएको छ।
पछिल्लो तीन वर्षदेखि नेपालको भारततर्फ सबैभन्दा बढी निर्यात हुने वस्तु खाने तेल रहेको छ । गत आर्थिक वर्षमा नेपालले भारततर्फ ५३ अर्ब रुपैयाँको भट्मासको तेल निर्यात गरेको थियो । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भट्मास सहित २० अर्बभन्दा बढीको खानेतेल भारततर्फ निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्