हंगेरीमा ४ सन्तानकी आमालाई जीवनभर कर छुट र ७ हजार पाउन्ड पुरस्कार «

हंगेरीमा ४ सन्तानकी आमालाई जीवनभर कर छुट र ७ हजार पाउन्ड पुरस्कार

बुडापेस्ट -हंगेरीमा ४ सन्तानकी आमालाई जीवनभर आय करमा छुट र नयाँ कार किन्नका लाग ७ हजार पाउन्डको पुरस्कार दिइने भएको छ । जन्म दर वृद्धि गराउने प्रयास स्वरुप हंगेरी सरकारले यो घोषणा गरेको हो ।
प्रधानमन्त्री भिक्टर अर्बानले राज्यलाई गरिदै आएको वार्षिक सम्बोधनको अवसरमा यो घोषणा गरेका हुन् ।
अर्बान अप्रिलमा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । हंगेरीको दिगोपना सुनिश्चित गर्नका लागि यो नीति अंगिकार गरिएको उनले बताए ।
यो नीतिले ४ सन्तान जन्माउने र उनीहरुको लालनपालन गर्ने महिलाका लागि जीवनभर आय करको छुट दिएको छ ।
तीन वा यो भन्दा बढी सन्तानको परिवारलाई ७ सिटे सवारीको खरिदका लागि २५ लाख फोरिन्टस अर्थात ६ हजार ८२१ पाउन्डको पनि सहुलियत दिइने छ ।
यो मुलुकले ४० वर्ष भन्दा कम उमेरसम्म पहिलो पटक विवाह गर्ने महिलालाई १ करोड फोरिन्ट्स अर्थात २७ हजार २८५ पाउन्ड न्यून व्याज दरको कर्जा पनि प्रस्ताव गरेको छ ।
सम्बोधनको क्रममा प्रधानमन्त्रीले सरकारका केही आर्थिक उपलव्धीको सूची पनि प्रस्तुत गरेका छन् । यसमा न्यून बेरोजगारी र गरिबीसँग लड्ने विषय समावेश छन् ।

डेली मेल

प्रतिक्रिया दिनुहोस्