एउटै मन्त्रालयका २० कर्मचारी विदेशमा «

एउटै मन्त्रालयका २० कर्मचारी विदेशमा

अर्थ मन्त्रालयका २० कर्मचारी तालिममा भाग लिन भारत पुगेका छन् । भारतको नयाँदिल्लीमा सोमबारबाट सुरु भएको ‘ग्लोबल प्रस्पेक्टिभ अन पब्लिक फाईनान्सियल म्यानेजमेन्ट’ तालिममा भाग लिन अर्थका २० सहित नेपालबाट ६२ कर्मचारी भारत गएका हुन् ।
‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ मा सञ्चालन हुने तालिम भारत सरकार विदेश मन्त्रालयको भारतीय प्राविधिक तथा आर्थिक सहकार्यमा हुने तालिम हो ।
६२ कर्मचारीहरुलाई प्रदान गरिने उक्त विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोध तथा आवश्यकताअनुरुप तयार पारिएको भारतीय राजदूतावासले जनाएको छ । यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्