साधना लघुवित्तको नयाँ शाखा काठमाडौंमा «

साधना लघुवित्तको नयाँ शाखा काठमाडौंमा

साधना लघुवित्त वित्तीय संस्थाले आप्mनो ९३औं शाखा काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन प्लानिङ्गमा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखा नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले उद्घाटन गरे । नयाँ शाखा सञ्चालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यककाबाट पनि आप्mनो सेवा प्रदान गर्ने भएको छ ।
वित्तीय संस्थाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत गरी जम्मा २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यहि कात्तिक १३ गते वार्षिक साधारणसभा समेत बोलाएको छ । राष्ट्रियस्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा सञ्चालानमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्