एनएमबिका ग्राहकले मार्टमा १० प्रतिशतसम्म छुट पाउने «

एनएमबिका ग्राहकले मार्टमा १० प्रतिशतसम्म छुट पाउने

चाडपर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर प्रस्तुत गरेको छ । यस घटस्थापनादेखि बिगमार्टबाट विभिन्न सामानको पोसमार्फतको हरेक खरिदमा १० प्रतिशतदेखि ३०० रुपैयाँसम्मको क्यास ब्याक सुविधा पाउन सक्ने बैंकले जनाएको छ । यो सुविधा सीमित अवधिको लागी मात्र उपलब्ध रहने बताइएको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आएको छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्